Friday, June 26, 2026
spot_img

राष्ट्रिय व्यापार संघको २०औँ वार्षिक साधारणसभा सम्पन्न

spot_img
spot_img

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले भुकम्प र कोभिडपछि सबै प्रकारका व्यवसायमा शिथिलता छाएकाले करको दर कम गर्न सरकारको ध्यानाकर्षण गर्ने बताएका छन् ।

राष्ट्रिय व्यापार संघको २० औं साधारण सभाको उदघाट्न गर्दै मन्त्री श्रेष्ठले व्यवसायिक वातावरणमा निक्कै गिरावट आएकाले भ्याटको दर १३ प्रतिशतलाई १० प्रतिशतमा झार्न आफूले सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाएका छन् । व्यवसायीहरु विभिन्न समस्याहरुबाट गुज्रिनुपरेको बताउँदै उनले विदेशी सामानहरुको आयातलाई कम गर्दै स्वदेशी उत्पादनलाई बढाउनका लागि आग्रह गरे ।

संघका अध्यक्ष हिमलाल खरालले विभिन्न उतारचढावकाबीच संघ २० औं वर्षमा प्रवेश गरेको बताउँदै स्थापनाकालदेखि नै संघले व्यवसायीक हकहितका साथै सामाजिक कार्यलाई पनि उत्तिकै प्राथमिकताका साथ अघि बढाएको जानकारी दिए ।

संघले रक्तदानका कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, अनाथ, अपाङ्ग तथा वृद्धवृद्धाहरुलाई आर्थिक सहयोग, महामारीमा राहत वितरण, महाशिवरात्रीको अवसरमा पशुपतिमा निःशुल्क फलफूल वितरण, गरिव, जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको उनले बताए ।

व्यवसायीहरुलाई कुनै समस्या परेमा संघमा खबर गर्न आग्रह गर्दै उनले आफूले संघको कार्यभार सम्हाल्दै गर्दा व्यवसायीहरुको समस्या समाधान गर्न निरन्तर लागि परेको बताए । संघको करको दरभन्दा पनि दायरा फराकिलो पार्नुपर्छ भनेर निरन्तर सरकारलाई घच्घच्याईरहेको उनले बताए ।

अध्यक्ष खरालले भने, हामी जिम्मेवारपूर्वक पारदर्शिताका साथ व्यवसाय सञ्चालन गरि देशको आर्थिक विकासमा योगदान पु¥याउन चाहान्छौ तर त्यसको लागि व्यवसायीहरुलाई सरकारको साथ र सहयोगको खाँचो छ ।’

लगानीमैत्री वातावरणको अभावले उत्पादनशिल वस्तु तथा सेवाक्षेत्रमा लगानी बढ्न नसक्दा देश अत्यधिक आयातमूखी हुन गई व्यापार व्यवसायमा स्वदेशी लगानीकर्ता घाटा व्यहोर्न बाध्य भएको बताउँदै उनले घाटा कम गर्न स्वदेशमा बनेका सामानहरु प्रयोग गरि स्वदेशी उत्पादनको खपत बढाउन आवश्यक रहेको सुझाव दिए ।

संघका पूर्वअध्यक्ष, सल्लाहकार, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुले संस्थाको साधारणसभाको शुभकामना दिदैं आगामी दिनमा पनि व्यवसायीहरुका हकहितका लागि निरन्तर काम गर्दै जान आग्रह गरेका थिए ।

कार्यक्रमको संचालन संघका महासचिव केदारप्रसाद न्यौपानेले गरेका थिए भने समापन संघका प्रथम उपाध्यक्ष रामचन्द्र पराजुलीले गरेका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

CFO CONFERENCE हुँदै: बज्राचार्यको Keynote Speech, मनोज ज्ञवालीबाट Leadership Insight

नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था (आइक्यान) ले “Leading Beyond Finance,...

टाइम फर्मास्यूटिकल्स आईपीओ: शेयर मूल्य ६०० रुपैयाँ प्रस्ताव, ३ वर्षमा ६६.३२ प्रतिशत लाभांश

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने...

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...
spot_img