Friday, April 10, 2026
spot_img
spot_img

इलेक्ट्रोनिक इन्जिनियरहरुको सम्मेलन काठमाडौँमा सुरु, १५ देशका ऊर्जा विशेषज्ञ सहभागी

spot_img
spot_img

विश्वभरका इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक इन्जिनियरहरुको संस्था आई–ट्रिपल ईको पावर एन्ड इनर्जी सोसाइटी (पीईएस)को आयोजनामा ऊर्जा प्रणाली प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

पीईएसको नेपाल च्याप्टरको सहआयोजनामा भएको यो सम्मेलनमा १५ देशका करिब १ सय प्रतिनिधि सहभागी रहेको सम्मेलनको प्राविधिक समितिका कोचेयर डा. सुजन अधिकारीले जानकारी दिएका छन् । ‘पावरकन’ भनिने यो सम्मेलन ऊर्जा प्रणालीसम्बन्धी विश्वकै ठूलोमध्येको कार्यक्रम मानिन्छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा उर्जा प्रणालीसम्मबन्धी ७७ वटा पेपरहरु प्रस्तुत हुनेछन् ।

सम्मेलनमा ऊर्जा मन्त्रालयका पूर्वसचिव दिनेशकुमार घिमिरेले विश्वासिलो र गुणस्तरीय उर्जा अहिलेको आवश्यकता रहेको बताएका छन् ।

कार्यक्रममा आईट्रिपलईको पावर एन्ड इनर्जी सोसाइटी नेपाल च्याप्टरका अध्यक्ष प्रा. नवराज कार्कीले यति महत्वपूर्ण सम्मेलन काठमाडौँमा गर्न पाउनु नेपालका लागि गौरवको कुरा भएको बताएका छन् ।

सन् १९९८ देखि भइरहेको सम्मेलन मूलतः एसिया प्यासिफिक मुलुकहरुमा आयोजना हुने गरेको छ । अहिले काठमाडौंमा यसको १६औँ संस्करण जारी छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनाव रोकिएपछि महासंघमा तारन्तार छलफल, घण्टैपिच्छे बैठक

उच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न आदेश...

दुई मन्त्री थप्दै बालेन

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्...

पाईलटलाई जागिर पाउनै मुस्किल, लाईसेन्स पाएका मध्ये आधा बेरोजगार

एउटा निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनीले पाईलट माग...

वित्तीय क्षेत्रले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्ने सरकारको प्रतिबद्ध छ: अर्थमन्त्री वाग्ले

नेपाल बैंकर्स संघको कार्यकारी समिति सदस्यहरूले नवनियुक्त अर्थमन्त्री डा....

इरान युद्द अन्त्य गर्न पाकिस्तानमा वार्ता हुँदै, ट्रम्पले आफ्ना ज्वाइँ र उपराष्ट्रपतिलाई पठाए

पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीचको युद्धविरामपछि शनिवार इस्लामावादमा उच्चस्तरीय...

काठमाडौँ विमानस्थलमा यात्रुको स्वागत र विदाईको लागि ३ जना मात्र आउन आग्रह

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको स्वागत...
spot_img