Sunday, November 9, 2025
spot_img

इलेक्ट्रोनिक इन्जिनियरहरुको सम्मेलन काठमाडौँमा सुरु, १५ देशका ऊर्जा विशेषज्ञ सहभागी

spot_img

विश्वभरका इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक इन्जिनियरहरुको संस्था आई–ट्रिपल ईको पावर एन्ड इनर्जी सोसाइटी (पीईएस)को आयोजनामा ऊर्जा प्रणाली प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

पीईएसको नेपाल च्याप्टरको सहआयोजनामा भएको यो सम्मेलनमा १५ देशका करिब १ सय प्रतिनिधि सहभागी रहेको सम्मेलनको प्राविधिक समितिका कोचेयर डा. सुजन अधिकारीले जानकारी दिएका छन् । ‘पावरकन’ भनिने यो सम्मेलन ऊर्जा प्रणालीसम्बन्धी विश्वकै ठूलोमध्येको कार्यक्रम मानिन्छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा उर्जा प्रणालीसम्मबन्धी ७७ वटा पेपरहरु प्रस्तुत हुनेछन् ।

सम्मेलनमा ऊर्जा मन्त्रालयका पूर्वसचिव दिनेशकुमार घिमिरेले विश्वासिलो र गुणस्तरीय उर्जा अहिलेको आवश्यकता रहेको बताएका छन् ।

कार्यक्रममा आईट्रिपलईको पावर एन्ड इनर्जी सोसाइटी नेपाल च्याप्टरका अध्यक्ष प्रा. नवराज कार्कीले यति महत्वपूर्ण सम्मेलन काठमाडौँमा गर्न पाउनु नेपालका लागि गौरवको कुरा भएको बताएका छन् ।

सन् १९९८ देखि भइरहेको सम्मेलन मूलतः एसिया प्यासिफिक मुलुकहरुमा आयोजना हुने गरेको छ । अहिले काठमाडौंमा यसको १६औँ संस्करण जारी छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...

बढ्यो सुनको भाउ

आज आइतबार पनि सुनको भाउ बढेको छ । शुक्रबार...

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २३...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

एक्यानको अध्यक्षमा अनुप नेपाल निर्वाचित

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को अध्यक्षमा अनुप नेपाल...
spot_img
spot_img
spot_img