Sunday, February 9, 2025
spot_img

तल्लो अरुण आयोजनामा जग्गा पर्ने जग्गाधनीले ३४ लाखसम्म मुआब्जा पाउने, कसलाई कति ?

तल्लो अरुण जलविद्युत आयोजनाको लागि संखुवासभामा स्थायी रूपमा अधिग्रहण गरिने जग्गाको मुआब्जा तय भएको छ । जिल्ला प्रशासन कार्यालय संखुवासभाले मुआब्जा निर्धारण समितिले मुआब्जा तय गरेको जानकारी दिदै मुआब्जा लिन र मूल्यमा चित्त नबुझे गृह मन्त्रालयमा निवेदन दिन भनेको हो।

६६९ मेगावाटको  तल्लो अरुण जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने खाँदबारी नगरपालिका वार्ड नं. २, ८, ९, १०, ११ (साविक पाँमा, सित्तलपाटी, मनकामना गाविस) का जग्गाहरूको मुआब्जा तय भएको हो। मुआब्जा निर्धारण समितिले उल्लेखित स्थानका जग्गाको प्रति रोपनी ५ लाख देखि ३४ लाखसम्मको मुआब्जा दर तोकेको छ। यो आयोजना भारतीय कम्पनी एसजेवीएन लिमिटेडले निर्माण गर्ने छ ।

 हेर्नुस् कुन जग्गाको मुआब्जा कति ?

प्रतिरोपनी रु. ३४,००,००० मुआब्जा कायम गरिएका जग्गाहरू (कोशी राजमार्ग १०० मि. भित्र
राजमार्ग र प्रस्तावित बसपार्क आसपास क्षेत्रका जग्गाहरू):  मनकामना – ७ मा पर्ने कित्ता नम्बर १६९७, १८३९, १८४५, २०२४, र २०७० ।

प्रतिरोपनी रु. २८,००,००० मुआब्जा कायम गरिएका जग्गाहरू (बसपार्क पछाडिका जग्गाहरू): . मनकामना – ७ मा पर्ने कित्ता नम्बर २१५०, २१३४, २१३०, २०२२, २१६०, २१५९, २१५८, र २१५७।

प्रतिरोपनी रु. १५,७०,००० मुआब्जा कायम गरिएका जग्गाहरू: पांमा – ९ मा पर्ने कित्ता नम्बर ५४७, ५४६, १४४९, १४५०, १४४८, ५४२, ५२९, ५२५, ५२७, ५२६, ४४२,  ४५४, ४५३, १६६९, १६७०, ४४९, ४४५, ३८८, ३९६, ३९५, ३९०,
३२९, ३३०, ३३१, ३३२, ३३६, ३३३, र ३३५।

प्रतिरोपनी रु. १४,७०,००० मुआब्जा कायम गरिएका जग्गाहरू:  पांमा – ९ मा पर्ने कित्ता नम्बर २३४, २३५, २३७, २३८, १४८८, १४८९, २४०, २४७, २४९, २५४, १४०५, १४०६, १४०८, १४०७, २६५, १५८६, १५८५, १५८३, १५८४, २६२, २७२, २४१, २५६, १४६७, १४७१, १४७०, १४६९, १४७२, १४६८, र २७१ तथा मनकामना – ४ मा पर्ने कित्ता नम्बर ४१३, ४२६, ४२८, १५२८, १५२७, १५२९, १५३०, २०५७, २०६२, १८३८, १८३९, १८४०, १८४१, ४०८, ४१०, ४११, ४०३, ४३०, र ५२२ ।

प्रतिरोपनी रु. १३,७०,००० मुआब्जा कायम गरिएका जग्गाहरू (गिद्धेबाट आउने बाटोसम्म बसपार्क पछाडिको जग्गाहरू):  मनकामना – ७ मा पर्ने कित्ता नम्बर १६१३, १६१९, १५५७, २१९९, ५१, १५५९, २१९८ र २१९७ ।

प्रतिरोपनी रु. १३,००,००० मुआब्जा कायम गरिएका जग्गाहरू: मनकामना – ४ मा पर्ने कित्ता नम्बर ४२५, र ४२९,  सित्तलपाटी – ५ मा पर्ने कित्ता नम्बर ३, ४, ६, ७, १०३८, १०८०, र १०७९, तथा सित्तलपाटी – ६ मा पर्ने कित्ता नम्बर ३६१, ३९९, ३७४, ३७३, ३७२, ३६२, ३६३, ३६४, ३६८, ३७९, ४६५, ४६३, ४६०, ४६१, ३८२, ४७१, र ४७२ ।

प्रतिरोपनी रु. ११,५०,००० मुआब्जा कायम गरिएका जग्गाहरू: पांमा – ९ मा पर्ने कित्ता नम्बर २७६, २९०, २९१, १४३५, १४३१, १४३३, १४३२, १४३४, १५५८, १५५७, १०३५, १०२४, ५४८, १०६८, ११५२, ११८५, १०४७, १२२९, १०६७, १५४१, १५४२, २७४, २८९, २९२, २९४, २९५, १०४६, र ११४७,  मनकामना – ६ मा पर्ने कित्ता नम्बर १३४४, १४४६, र ११३८ तथा मनकामना – ७ मा पर्ने कित्ता नम्बर ६४७।

प्रतिरोपनी रु. ९,६०,००० मुआब्जा कायम गरिएका जग्गाहरू:  मनकामना – ४ मा पर्ने कित्ता नम्बर ५३४, ५१९, ५२०,र  १५८५,  सित्तलपाटी – ४ मा पर्ने कित्ता नम्बर १११०, ७५३, ७५२, ७५१, ७५०, ७१४, ११२७, ७१३, ७१६, ७१७, ७१९, ७१५, ७४८, ७२६, ११२६, ७२२, र १२५४ ।

प्रतिरोपनी रु. ८,८०,००० मुआब्जा कायम गरिएका जग्गाहरू:  पांमा – ९ मा पर्ने कित्ता नम्बर  ७९०, २२१, २२२, र १११०, मनकामना – ४ मा पर्ने कित्ता नम्बर ३५०, ३५१, र ३५२, सित्तलपाटी – २ मा पर्ने कित्ता नम्बर  ८५३, २०४, ५८५, ५८६, ७६२, ८९८, ८९९, र ७६१, सित्तलपाटी – ३ मा पर्ने कित्ता नम्बर  ३७८, ३८७, ३७९, ३८८, ३८४, ९३२, ९३१, ३२२, ३१५, ३१४, ८१६, ८१७, र ३१२, सित्तलपाटी – ४ मा पर्ने कित्ता नम्बर  १०१०, १००६,  सित्तलपाटी – ५ मा पर्ने कित्ता नम्बर  ९७४, ९७५, ९७६, ९७७, ९४२, ९३४, ६०, ५७, सित्तलपाटी – ६ मा पर्ने कित्ता नम्बर ६६३, ६५९, ६३७, ६३८, ६१२, ६१६, ६१९, ६१८, ६२४, ६१७, १५६४, ५१९, ५१६,  सित्तलपाटी – ७ मा पर्ने कित्ता नम्बर  ६८९, ६८५, ६७९, ६८३, ६८१, ६८२, ६८४, ६८६, ६८७, ६९०, ६८८, ६९१, ३९४, ६९२, ६९३, ६९४, ६९६, ३९०, १७२१, र १७२२।

प्रतिरोपनी रु. १०,००,००० मुआब्जा कायम गरिएका जग्गाहरू: पांमा – ९ मा पर्ने कित्ता नम्बर १५२९, १५३१, २३१, १२७८, १२७७, २१४, १२२८, ११७७, ११७८, ११७९, ११६७, ११६२, ११६८, ११६९, ११५६, ११५७, ११५८, ११९६, १५२८, १५२७, १५३०, १५३२, र ११३५।

प्रतिरोपनी रु. ८,६०,००० मुआब्जा कायम गरिएका जग्गाहरू: पांमा – ९ मा पर्ने कित्ता नम्बर  १५१२, १५११, २२५, ७९३, ७९१, २२७, १६१६, ११९०, २५५, २६८, ७८५, ७८६, १२०६, १२२७, मनकामना – ४ मा पर्ने कित्ता नम्बर १४७८, १५८४, ५१८, ५३३, ५३२, १४२०, २४७४, २४७५, मनकामना – ६ मा पर्ने कित्ता नम्बर  ९९५, ९९६, ९९९, १८०७, १८०८, ९९८, १०००, १००१, ११३९,११४०, १६०५, ११२७, ११२९, १६०४, र १६०७,  मनकामना – ७ मा पर्ने कित्ता नम्बर  ५४२, ५४३, ५०,  सित्तलपाटी – ३ मा पर्ने कित्ता नम्बर  १८३,  सित्तलपाटी – ५ मा पर्ने कित्ता नम्बर ९४९, ९५०, १०६३, १०६४, र ९४३।

प्रतिरोपनी रु. ७,००,००० मुआब्जा कायम गरिएका जग्गाहरू: पांमा – ९ मा पर्ने कित्ता नम्बर  २३६, २४२, २४५, २४४, १५८२, २५८, १५८१, १५७९, १५८०,२६१, २७३, २४३, २५७, १४६४, १४६५, र १४६६,  सित्तलपाटी – ४ मा पर्ने कित्ता नम्बर १२०१, १०१८, १०१७, १०११, १००३, ८३२, ७९०, ७८९, ७८७,७८५, ७५४, र १२०५, सित्तलपाटी – ५ मा पर्ने कित्ता नम्बर ९३६, १०८१, र ३४, सित्तलपाटी – ६ मा पर्ने कित्ता नम्बर १५२०, २३०३, २३०४, र १५१८।

प्रतिरोपनी रु. ६,५०,००० मुआब्जा कायम गरिएका जग्गाहरू: सित्तलपाटी – ६ मा पर्ने कित्ता नम्बर  ६४०, ६४४,  सित्तलपाटी – ७ मा पर्ने कित्ता नम्बर  ६९७, सित्तलपाटी – ४ मा पर्ने कित्ता नम्बर  ७२१, ७२०, सित्तलपाटी – ५ मा पर्ने कित्ता नम्बर  ९४८, ९४६, ३६,  पांमा – ९ मा पर्ने कित्ता नम्बर  ७०९, ७११, र २१६।

प्रतिरोपनी रु. ८,४०,००० मुआब्जा कायम गरिएका जग्गाहरू: मनकामना – ७ मा पर्ने कित्ता नम्बर  ६२५, ६३४, ६३५, ६३६, ६३७, ६४४, ६४५, ६४६, ६५७, ६६१, र ६५९, सित्तलपाटी – ५ मा पर्ने कित्ता नम्बर  १२५७, १२५६, १०, र ११।

प्रतिरोपनी रु. ५,५०,००० मुआब्जा कायम गरिएका जग्गाहरू: सित्तलपाटी – ६ मा पर्ने कित्ता नम्बर  ६६१, ६३५, ६४५, ६०५, ६१०, ६२३, ६०९, ६२५, १५६२, ५१४,१५५६, १५५७, १५५८, १५५९, १५६१, १६०५, १५५१, र १५४० ।

प्रतिरोपनी रु. ५,००,००० मुआब्जा कायम गरिएका जग्गाहरू: सित्तलपाटी – ७ मा पर्ने कित्ता नम्बर ६७२, ६७३, ६७४, ३९३, ६७५, ६७६, ६७७, ६७८, ६८०,६९८, ६९९, ३९५, ७००, ७०६, ७०५, ३९६, ६९५, ३९७, ३९२, ७०१, र  ३८९।

सम्बन्धित जग्गाधनीहरूले सक्कलै नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जा, चालू आवको तिरो तिरेको रसिदलगायतको जग्गाको हकभोग सम्बन्धी आफूसँग भएका सबुद निस्सा प्रमाणसहित मुआब्जा लिन रु. १० को हुलाक टिकट टाँसी रीतपूर्वकको निवेदनसहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्नु पर्नेछ। मूल्यमा चित्त नबुझे जग्गा प्राप्ति ऐन २०३४ को दफा १८ (२) बमोजिम १५ (पन्ध्र) दिनभित्र गृह मन्त्रालयमा निवेदन दिन सकिनेछ।

- Advertisement -

spot_img

स्वरोजगार लघुवित्तले पायो एफपीओ निष्काशन अनुमति

स्वरोजगार लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट एफपीओ निष्काशन गर्ने अनुमति...

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन सर्‍यो

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१औँ वार्षिक साधारणसभा र...

शेयरबजारमा गिरावट: २ कम्पनीमा सकारात्मक सर्किट

साताको पहिलो दिन आज आइतबार शेयरबजार परिसूचक नेप्से घटेको...

बुद्ध एयरको भ्यालेन्टाइन अफर सार्वजनिकः एउटा टिकट किन्दा अर्को टिकट ‘फ्री’

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भ्यालेन्टाइन डे...

‘परल मूल्य’मै ग्यास बेच्ने तयारी, घरायशी ग्राहकलाई खातामा अनुदान रकम

नेपाल आयल निगमले खाना पकाउने ग्यास परल मूल्यमै बिक्री...