स्थानीयले हिम पर्वत हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

spot_img
spot_img

हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज मङ्सिर १ गते अन्तिम दिन रहेको छ  । कम्पनीले कार्तिक ११ गतेदेखि  आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्काशन गरेको हो।

कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाका बिगु र कालिन्चोक गाउँपालिकाका स्थानीयलाई १६ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको छ।  स्थानीयले आवेदन दिंदा  न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्।  शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ   ।

नेपाल धितोपत्र बोर्डले असोज २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले कुल ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्काशनको गर्ने छ।

यस कम्पनीले ५.५ मेगावाटको सागु खोला १ र २० मेगावाटको सागु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८२ देखि विद्युत उत्पादन गरिरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

६३ सयले घट्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि गिरावट

आज बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबार ...

Citizens Super 50 फण्डको इकाई आजदेखि बिक्रीमा

सिटिजन्स क्यापिटलले आज मङ्सिर २ गतेदेखि Citizens Super 50...

यी हुन् धेरै कर तिरेर सम्मान हुने १९ व्यक्ति तथा कम्पनी

सरकारले आर्थिक वर्ष २०८१/८२ मा धेरै कर तिर्ने कम्पनी...

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको पर्यटन समितिको संयोजकमा...

मङ्सिर ५ र ६ मा नास-आईटी एक्स्पो हुँदै, स्वदेशी प्रविधि र स्टार्टअपलाई प्राथमिकता

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी)...