मासुमा लाग्न थाल्यो ‘इन्स्पेक्टेड’ छाप

spot_img
spot_img

आजबाट काठमाडौँ उपत्यकामा परीक्षण गरेर खान योग्य मासु मात्रै बजार पठाउन थालिएको छ । सरकारले स्वास्थ्यकर मासु मात्र बिक्री वितरणमा ल्याउने उदेश्यले ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ कार्यान्वयनमा ल्याएसँगै मंसिर १ गतेबाट अंग्रेजीमा ‘इन्स्पेक्टेड’ र नेपालीमा ‘योग्य’ लेखेर मासु बिक्री वितरण सुरु गरिएको हो ।

गत भदौ १ गते नै राजपत्रमा सूचना सार्वजनिक गरेर सरकारले मासु जाँच ऐनलाई तीन चरणमा कार्यान्वयन गर्ने घोषणा गरिसकेको छ । यस अन्तर्गत पहिलो चरणमा मंसिर १ गते मंगलबारबाट काठमाडौँ उपत्यकामा यो ऐन लागू भएको हो ।

यसअन्तर्गत आजबाट उपत्यकाभित्रका वधशाला र वधस्थलमा स्वास्थ्यकर चौपाया मात्र वध हुने र सबै पसलमा सरकारी छाप लागेको स्वास्थ्य मासु मात्रै बिक्री गर्न सुरु गरिएको हो । अब पशु सेवा विभागले यो अभ्यास क्रमशः बढाउँदै लैजाने छ ।

अब पशु तथा चौपायाको वध गर्नु अगाडि नै स्वास्थ्य परीक्षण गरिन्छ भने वध गरिसकेपछि पनि मासु स्वस्थकर छ कि छैन भनेर जाँचिनेछ । त्यसरी जाँच गर्दा खान योग्य प्रमाणित भएको मासुमा अंग्रेजीमा ‘इन्स्पेक्टेड’ र नेपालीमा ‘योग्य’ लेखेर सरकारी अधिकारीले छाप लगाउने छन् । छाप लगाइएको मासु मात्रै बिक्री वितरण गर्न पाइनेछ ।

कसरी हुन्छ मासु परीक्षण ?
सुरुमा सरकारले तोकेका मासु निरीक्षकहरु वधशाला पुग्छन् । हरेक दिन बिहान ४ बजेकै समयमा निरीक्षकहरु वधशाला पुगेर त्यहाँ वध गर्न ल्याइएका चौपायाको स्वास्थ्य परीक्षण गर्छन् । स्वास्थ्य परीक्षण गर्दा स्वस्थ पाइए त्यस्तो पशु चौपायाको वधका लागि स्वीकृति दिन्छन् ।

वध गरेर तयार पारिएको मासु पुनः निरीक्षकले परीक्षण गर्छन् । त्यसरी निरीक्ष्ण गर्दा मासु स्वास्थ्यकर देखिए सरकारी निरीक्षकले छाप लगाइदिन्छन् । त्यस्तो छाप मासुको सबैभागमा पर्नेगरी लगाउनुपर्छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा

नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...

सानिमा माई हाइड्रोपावरद्वारा १५ प्रतिशत लाभांश घोषणा

सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...

स्थानीयले हिम पर्वत हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको...

सर्वोत्तम सिमेन्टद्वारा २१ प्रतिशत लाभांश घोषणा

सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २९...

ऐन मै प्रष्टसँग लेखेर सबै जलविद्युत आयोजनाको लाइसेन्स अवधि ५० वर्ष कायम गर्नुपर्छ

नेपालमा जलविद्युत आयोजनाको लाईसेन्स अवधिको बहस वर्षौ पुरानो भईसकेको...

उच्च मूल्यबाट ७० हजारले सस्तियो सुन, किन्ने सही समय आएको हो ?

२०८२ साल माघ १५ गते नेपाली बजारमा छापावाल सुनको...