Friday, May 23, 2025
spot_img

ढल्केवर लोहारपट्टी  प्रशारण लाईनमा १३२ किलो भोल्टको विद्युत प्रवाह गरिँदै

spot_img

ढल्केबर लोहारपट्टी १३२ के.भी. प्रशारण लाईनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा ढल्केबर लोहारपट्टी १३२ के.भी. प्रशारण लाईन आयोजनाले  प्रशारण लाईनको निर्माण गरेको हो।

आयोजनाका अनुसार उक्त प्रशारण लाईन राष्ट्रिय प्रशारण प्रणालीमा समाहित गर्नका लागि धनुषा जिल्लाको ढल्केबर सवस्टेशनदेखि महोत्तरी जिल्लाको लोहारपट्टीमा निर्माण भएको लोहारपट्टी सबस्टेशनसम्म १३२ के.भी. डबल सर्किट प्रशारण लाईनबाट २०८१ साउन २७ गतेदेखि १३२ किलो भोल्ट क्षमताको विद्युत प्रवाह गरी परीक्षण गरिने र सोपश्चात प्रशारण लाईन सञ्चालनमा रहने छ।

उक्त प्रशारण लाईनका टावरहरूमा नचढ्न, कुनै पनि वस्तुले तारमा नछुन तथा खतरा (Danger) सङ्केत जनाइएका वस्तुहरूलाई नछुनु तथा आफ्ना बालबच्चाहरूलाई समेत उक्त विषयमा सचेत गरिदिन आयोजनाले आग्रह गरेको छ । साथै परीक्षणको क्रममा कुनै स्थानमा स्पार्क आएमा वा अन्य कुनै खतरा देखिएमा  नजिकको प्रहरी चौकीमा वा नजिकको नेपाल विद्युत प्राधिकरणको कार्यालयमा खबर गरिदिन आयोजनाले आग्रह गरेको छ ।

धनुषा जिल्लाको मिथिला नगरपालिका र बटेश्वर गाँउपालिका तथा महोत्तरीको भंगाहा नगरपालिका र  लोहारपट्टी नगरपालिका हुँदै प्रशारण लाइनको रुट जान्छ ।

spot_img

- Advertisement -

spot_img
spot_img

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...

बजेट निर्माणमा केन्द्रित छन् अर्थमन्त्री

अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको तयारीमा...
spot_img