spot_img

ढल्केवर लोहारपट्टी  प्रशारण लाईनमा १३२ किलो भोल्टको विद्युत प्रवाह गरिँदै

spot_img

ढल्केबर लोहारपट्टी १३२ के.भी. प्रशारण लाईनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा ढल्केबर लोहारपट्टी १३२ के.भी. प्रशारण लाईन आयोजनाले  प्रशारण लाईनको निर्माण गरेको हो।

आयोजनाका अनुसार उक्त प्रशारण लाईन राष्ट्रिय प्रशारण प्रणालीमा समाहित गर्नका लागि धनुषा जिल्लाको ढल्केबर सवस्टेशनदेखि महोत्तरी जिल्लाको लोहारपट्टीमा निर्माण भएको लोहारपट्टी सबस्टेशनसम्म १३२ के.भी. डबल सर्किट प्रशारण लाईनबाट २०८१ साउन २७ गतेदेखि १३२ किलो भोल्ट क्षमताको विद्युत प्रवाह गरी परीक्षण गरिने र सोपश्चात प्रशारण लाईन सञ्चालनमा रहने छ।

उक्त प्रशारण लाईनका टावरहरूमा नचढ्न, कुनै पनि वस्तुले तारमा नछुन तथा खतरा (Danger) सङ्केत जनाइएका वस्तुहरूलाई नछुनु तथा आफ्ना बालबच्चाहरूलाई समेत उक्त विषयमा सचेत गरिदिन आयोजनाले आग्रह गरेको छ । साथै परीक्षणको क्रममा कुनै स्थानमा स्पार्क आएमा वा अन्य कुनै खतरा देखिएमा  नजिकको प्रहरी चौकीमा वा नजिकको नेपाल विद्युत प्राधिकरणको कार्यालयमा खबर गरिदिन आयोजनाले आग्रह गरेको छ ।

धनुषा जिल्लाको मिथिला नगरपालिका र बटेश्वर गाँउपालिका तथा महोत्तरीको भंगाहा नगरपालिका र  लोहारपट्टी नगरपालिका हुँदै प्रशारण लाइनको रुट जान्छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राजपत्रमा छापियो पुँजीगत लाभकर घटाउने सरकारको निर्णय

पुँजीगत लाभकर घटाउने सरकारको निर्णय नेपाल राजपत्रमा छापिएको छ...

शेयर कारोबार स्थगन भएको विषयमा छानबिन गर्न धितोपत्र बोर्डले खटायो निरीक्षण टोली

नेपाल धितोपत्र बोर्डले आज सोमबार शेयर कारोबार स्थगन भएको...

बिजुलीमा लाग्दै आएको भ्याट हटाउन लागिएको हो ?

संसदबाट बजेट पारित हुँदा सरकारलाई दिने गरिएको कर संशोधन...

सुनको भाउ घट्यो

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...

बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३ सय २० जनाले पाए शेयर

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...