डोल्मा इम्प्याक्ट फण्ड १ ले आफ्नो नाममा रहेको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड र मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको शेयर बिक्री गर्ने भएको छ। फण्डले शेयर बिक्रीको लागि विद्युत नियमन आयोगको विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ बमोजिम सर्वसाधरणको जानकारीको लागि सार्वजनिक सूचना प्रकाशन गरेको हो।
फण्डले आफ्नो नाममा रहेको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको ३८ लाख ५१ हजार कित्ता शेयर र मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको २६ लाख ५ हजार ९ सय कित्ता शेयर बिक्री गर्न लागेको हो । फण्डले दोस्रो बजार अर्थात् नेप्से मार्फत नै यी शेयर बिक्री गर्न लागेको हो।
डोल्मा इम्प्याक्ट फण्ड १ ले दुई कम्पनीको गरि कुल ६४ लाख ५६ हजार ९ सय कित्ता शेयर बिक्री गर्न लागेको हो ।