कोहलपुर–सुर्खेत १३२ के.भी. प्रसारण लाइन सञ्चालनमा

spot_img
spot_img

नेपाल विद्युत प्राधिकरणको कोहलपुर–सुर्खेत १३२ के.भी. प्रसारण लाइन पुनः सञ्चालनमा आएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै कर्णाली प्रदेशमा देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान भई विद्युत आपूर्ति थप भरपर्दो तथा गुणस्तरीय हुने अपेक्षा गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

बैशाख २३ गते रातीको हावाहुरीका कारण बाँके जिल्लाको बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने श्रीकृष्ण मध्यवर्ती सामुदायिक वन क्षेत्रमा रहेको प्रसारण लाइनको टावर नं. ४४ र ४५ मा क्षति पुगेपछि उक्त लाइनमार्फत हुने विद्युत प्रवाह पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

हावाहुरीका कारण प्रसारण लाइनको मार्ग भन्दा बाहिर रहेको करिब ३० मिटर लामो सालको ठूलो रुख ढलेर टावर तथा कन्डक्टरमा क्षति पुगेको थियो । क्षतिग्रस्त संरचनाको निर्माण तथा मर्मत कार्य सम्पन्न भएपछि २०८३ जेठ ३१ गते अपराह्नदेखि उक्त १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन अवरुद्ध भएको अवधिमा कोहलपुर–सुर्खेत ३३ के.भी. प्रसारण लाइन मार्फत सुर्खेतसहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा विद्युत आपूर्ति व्यवस्थापन गरिएको थियो ।

प्राधिकरणका अनुसार १३२ के.भी. प्रसारण लाइन सञ्चालनमा आएसँगै सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु तथा रुकुम पश्चिम लगायत जिल्लामा राष्ट्रिय ग्रिडमार्फत थप गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति हुने, भोल्टेजमा सुधार आउने तथा विद्युत प्रणालीको विश्वसनीयता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

यसैगरी, कर्णाली क्षेत्रमा उत्पादित विद्युत राष्ट्रिय ग्रिडमा प्रभावकारी रूपमा आवद्ध हुने भएकाले सो क्षेत्रका साथै बाँके र बर्दिया जिल्लाको विद्युत सेवाको गुणस्तरमा समेत उल्लेखनीय सुधार हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पीईभीसीको लागि न्यूनतम चुक्ता पुँजी ५ करोड प्रस्ताव, पुरानालाई पुँजी पुर्याउन ३ वर्षको समय

नेपाल धितोपत्र बोर्डले वैकल्पिक लगानी कोष नियमावली, २०८३ को...

दानबहादुरले दायर गरेको रिटमा सर्वोच्चले दियो यस्तो आदेश

निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च...

दैनिक १७४० ज्यालाः नेपालमा भारतीय कामदारको बिगबिगी हुने जोखिम

सरकारले सार्वजनिक खरिद प्रक्रियाबाट सञ्चालन हुने आयोजनामा काम गर्ने...

वाई-फाई नेपालले सार्वजनिक गर्‍यो आफ्नै मोबाइल एप, सबै सुविधा मोबाइलमा

इन्टरनेट सेवा प्रदायक वाई-फाई नेपालले आफ्नै मोबाइल एप सार्वजनिक...

६३ सयले घट्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि गिरावट

आज बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबार ...