Saturday, July 11, 2026
spot_img

डेडिकेटेड ट्रंक लाइन विवादः लाइन जोड्ने निर्णयमा फरक मत राख्ने प्राधिकरणका सञ्चालकलाई सोधियो स्पष्टीकरण

spot_img

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गर्न बसेको बैठकमा फरक मत राख्ने विद्युत प्राधिकरणका दुइ सञ्चालकलाई स्पष्टीकरण सोधिएको छ । लाइन जोड्ने प्राधिकरणको निर्णयमा फरक मत (नोट अफ डिसेन्ट) लेख्ने दुई सञ्चालकलाई मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

साउन ७ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत् काटेका ६ उद्योगमा लाइन जोडिदिने निर्णय गरेको थियो ।

सो निर्णयमा सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यले फरक मत लेखेका थिए । माओवादी कोटाबाट प्राधिकरणको बोर्डमा नियुक्त भएका पुन र माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादीको कोटामा सञ्चालकमा नियुक्त भएका आचार्यले फरक मत राखेका थिए । उनीहरूले विद्युत् महसुल उठ्ने ग्यारेन्टी नभई काटिएको विद्युत लाइन जोड्न नहुने दाबी गरेका थिए ।

तर, प्रधानमन्त्रीको मौखिक निर्देशन र विद्युत् नियमन आयोगले लिखित रुपमै लाइन जोड्न दिएको निर्देशन विपरीत ‘नोट अफ डिसेन्ट’ लेखेर नेपाल सरकारको निर्देशन पालना गर्न असहयोग गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको हो । विद्युत् प्राधिकरण ऐन २०४१ को दफा २५ बमोजिम मन्त्रीस्तरीय निर्णयमार्फत् उनीहरुलाई स्पष्टीकरण सोधिएको हो ।

नेपाल विद्युत् प्राधिकरण ऐनको दफा ९ मा नेपाल सरकारले विद्युत् प्राधिकरणमा सञ्चालन मनोनयन गर्न र हटाउन सक्ने व्यवस्था छ । प्राधिकरण सञ्चालक समिति सदस्यहरूको पदावधि ४ वर्षको हुनेछ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img