सुनकोशी–३ परियोजनाको ‘मोडालिटी’ टुङ्ग्याइँदै, रामेछापसहित ४ जिल्लाका ४५ वडा प्रभावित हुने

spot_img

रामेछाप र काभ्रेको सीमा क्षेत्रमा बाँध निर्माण गरि बनाउने गरि पहिचान भएको ६८३ मेगावाट क्षमताको सुनकोशी ३ जलाशययुक्त आयोजनाको ‘मोडालिटी’बारे नेपाल र बंगलादेशबीच छलफल हुँदैछ । साउन १४ र १५ गते पोखरामा हुने दुई देशका अधिकारीहरुबीच आयोजना निर्माणको मोडालिटी टुङ्ग्याउनका लागि छलफल हुन लागेको हो ।

नेपालबाट बंगलादेशले बिजुली लैजाने भएपछि यसबारे सम्झौता गर्न बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिद नेतृत्वको प्रतिनिधि नेपाल आउँदै छ । सो अवसरमा साउन १३ गते २ वटा सम्झौता हुनेछन् । नेपाल र बंगलादेशबीच विद्युत व्यापार सम्झौता हुनेछ भने नेपाल, भारत र बंगलादेशबीच प्रसारणलाइन प्रयोगबारे त्रिपक्षीय सम्झौता हुँदैछ ।

यसै क्रममा नेपाल र बंगलादेशबीच रामेछाप, सिन्धुपाल्चोक र काभ्रेको सीमामा बन्ने सुनकोशी–३ जलविद्युत आयोजना अगाडि बढाउनेबारे पनि छलफल हुने भएको हो । यसका लागि ऊर्जा मन्त्रालयले सुनकोसी ३ को लगानी सहमतिको मस्यौदा बंगलादेश सरकारलाई पठाएको छ ।

२०७९ भदौमा बंगलादेशको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले सुनकोशी–३ आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।

डेढ खर्ब बढी लागत अनुमान

विद्युत् विकास विभागले सुनकोशी–३ जलाशययुक्त यो परियोजनाकाृ सम्भाव्यता र वातावरणीय अध्ययन १ वर्ष अगाडी नै सकिसकेको छ । ईआईए प्रतिवेदनले आयोजनाबाट रामेछाप, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वटा वडाहरु प्रभावित हुने देखाएको छ ।

आयोजनाबाट ३ हजार २३७ हेक्टर जग्गा डुबानमा पर्नेछ । ३ हजार ३ सय हेक्टर निजी जग्गा अधिग्रहण गर्नुपर्नेछ भने ६५५ हेक्टर वन क्षेत्रको जग्गा पर्नेछ । आयोजनाबाट ११ हजार ७ सय जनसंख्या विस्थापित हुने प्रतिवेदनमा उल्लेख छ ।

वार्षिक रुपमा २ अर्ब ३५ करोड ६२ लाख युनिट विद्युत उत्पादन हुने प्रक्षेपण गरिएको यस परियोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर छ ।

विद्युत् प्राधिकरण आफैँले पनि सुनकोशी–३ को विस्तृत अध्ययन प्रतिवेदन तयार पार्दैछ ।

बीपी राजमार्गको नेपालथोकबाट करिब १ किलोमिटर रामेछापको खाँडादेवी गाउँपालिका र काभ्रेको तेमाल गाउँपालिकाको सिमानास्थित लुभुघाटमा १८० मिटर अग्लो बाँध निर्माण गरी नदीलाई थुनिनेछ । आयोजनाको जलाशय ४५ किलोमिटर माथिसम्म फैलिले छ । यस्तो जलाशय सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म फैलिनेछ ।

बंगलादेशले सुनकोशी–३ सँगै दोलखा र रामेछापको सीमा क्षेत्रमा पहिचान भएको १७२० मेगावाटको खिम्ती शिवालय जलाशययुक्त आयोजनामा समेत लगानी गर्न इच्छा देखाएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज...