Thursday, July 16, 2026
spot_img

सुनकोशी–३ परियोजनाको ‘मोडालिटी’ टुङ्ग्याइँदै, रामेछापसहित ४ जिल्लाका ४५ वडा प्रभावित हुने

spot_img

रामेछाप र काभ्रेको सीमा क्षेत्रमा बाँध निर्माण गरि बनाउने गरि पहिचान भएको ६८३ मेगावाट क्षमताको सुनकोशी ३ जलाशययुक्त आयोजनाको ‘मोडालिटी’बारे नेपाल र बंगलादेशबीच छलफल हुँदैछ । साउन १४ र १५ गते पोखरामा हुने दुई देशका अधिकारीहरुबीच आयोजना निर्माणको मोडालिटी टुङ्ग्याउनका लागि छलफल हुन लागेको हो ।

नेपालबाट बंगलादेशले बिजुली लैजाने भएपछि यसबारे सम्झौता गर्न बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिद नेतृत्वको प्रतिनिधि नेपाल आउँदै छ । सो अवसरमा साउन १३ गते २ वटा सम्झौता हुनेछन् । नेपाल र बंगलादेशबीच विद्युत व्यापार सम्झौता हुनेछ भने नेपाल, भारत र बंगलादेशबीच प्रसारणलाइन प्रयोगबारे त्रिपक्षीय सम्झौता हुँदैछ ।

यसै क्रममा नेपाल र बंगलादेशबीच रामेछाप, सिन्धुपाल्चोक र काभ्रेको सीमामा बन्ने सुनकोशी–३ जलविद्युत आयोजना अगाडि बढाउनेबारे पनि छलफल हुने भएको हो । यसका लागि ऊर्जा मन्त्रालयले सुनकोसी ३ को लगानी सहमतिको मस्यौदा बंगलादेश सरकारलाई पठाएको छ ।

२०७९ भदौमा बंगलादेशको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले सुनकोशी–३ आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।

डेढ खर्ब बढी लागत अनुमान

विद्युत् विकास विभागले सुनकोशी–३ जलाशययुक्त यो परियोजनाकाृ सम्भाव्यता र वातावरणीय अध्ययन १ वर्ष अगाडी नै सकिसकेको छ । ईआईए प्रतिवेदनले आयोजनाबाट रामेछाप, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वटा वडाहरु प्रभावित हुने देखाएको छ ।

आयोजनाबाट ३ हजार २३७ हेक्टर जग्गा डुबानमा पर्नेछ । ३ हजार ३ सय हेक्टर निजी जग्गा अधिग्रहण गर्नुपर्नेछ भने ६५५ हेक्टर वन क्षेत्रको जग्गा पर्नेछ । आयोजनाबाट ११ हजार ७ सय जनसंख्या विस्थापित हुने प्रतिवेदनमा उल्लेख छ ।

वार्षिक रुपमा २ अर्ब ३५ करोड ६२ लाख युनिट विद्युत उत्पादन हुने प्रक्षेपण गरिएको यस परियोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर छ ।

विद्युत् प्राधिकरण आफैँले पनि सुनकोशी–३ को विस्तृत अध्ययन प्रतिवेदन तयार पार्दैछ ।

बीपी राजमार्गको नेपालथोकबाट करिब १ किलोमिटर रामेछापको खाँडादेवी गाउँपालिका र काभ्रेको तेमाल गाउँपालिकाको सिमानास्थित लुभुघाटमा १८० मिटर अग्लो बाँध निर्माण गरी नदीलाई थुनिनेछ । आयोजनाको जलाशय ४५ किलोमिटर माथिसम्म फैलिले छ । यस्तो जलाशय सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म फैलिनेछ ।

बंगलादेशले सुनकोशी–३ सँगै दोलखा र रामेछापको सीमा क्षेत्रमा पहिचान भएको १७२० मेगावाटको खिम्ती शिवालय जलाशययुक्त आयोजनामा समेत लगानी गर्न इच्छा देखाएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img