विद्युत विकास विभागले विभिन्न २० वटा हाइड्रोपावर कम्पनीलाई सम्मान गरेको छ । विभागको ३१ औ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा विभागले २० वटा हाइड्रो कम्पनीलाई सम्मान गरेको हो ।
विभागले वार्षिकोत्सवको अवसरमा आर्थिक वर्षभर विद्युतको व्यापारिक उत्पादन थाल्ने प्रबर्दकलाई सम्मान गर्दै आएको छ। कार्यक्रममा नव नियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले जलविद्युत कम्पनीका प्रबर्दकहरुलाई सम्मानपत्रबाट सम्मान गरेका हुन् ।
कुल २० वटा हाइड्रो सम्मानित भएकोमा ८ वटा नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत हाइड्रो छन् । सम्मानित हुने नेप्सेमा सुचिकृत हाइड्रोमा मकर जितुमाया सुरी हाइड्रो, रिभर फल्स पावर लिमिटेड, अपि पावर लिमिटेड, सान्जेन जलविद्युत कम्पनी, माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड, ईङवा हाइड्रोपावर लिमिटेड, सानिमा मिडिल तमोर हाइड्रो, र चिरख्वा हाइड्रोपावर रहेका छन् ।
यस्ता छन् सम्मानित हुने हाइड्रोपावर कम्पनीहरु :












