धितोपत्र बोर्डका अध्यक्ष विरुद्द अख्तियारमा उजुरी गर्दै इप्पान, १०८ अर्ब क्षतिपूर्ति मागिने

spot_img
spot_img

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ विरुद्द अख्तियारमा उजुरी गर्नको पत्र तयार पारेको छ । धितोपत्र बोर्डले आईपीओ स्वीकृत नगर्दा उर्जा उद्यमीहरुलाई अर्वौँको क्षति भएको भन्दै इप्पानले बोर्ड अध्यक्ष विरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्न लागेको हो।

सात दिनभन्दा बढी सेवा प्रवाहमा ढिलाई गर्नु अख्तियारको दुरुपयोग मानिने भएकोले समयमै सेयर निष्काशन नगर्दा लगानीकर्ताले गुमाउनु परेको १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षतिपुर्ति माग्दै इप्पानले अख्तियारमा उजुरी गर्ने तयारी गरेको हो। इप्पानले यस अघि नै बोर्ड अध्यक्ष विरुद्द अख्तियारमा उजुरी दिने सार्वजनिक घोषणा गरिसकेको थियो।

इप्पान स्रोतका अनुसार उजुरी पत्र तयार भएको छ , तर कहिले उजुरी दिन जाने भन्ने यकिन भईसकेको छ। इप्पान अध्यक्ष गणेश कार्की दुई दिन अघि मात्र चीनबाट फर्किएका छन् । अब छिट्टै यसबारे छलफल गरेर अख्तियारमा उजुरी गरिने इप्पानका एक पदाधिकारीको भनाई छ।

इप्पानले यथाशिघ्र सेयर निष्काशनका लागि अनुमति दिन माग गर्दै नेपाल सरकारको प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जा मन्त्री र धितोपत्र बोर्डका अध्यक्षको  अन्तिम पटक  ध्यानाकर्षण गराउने तयारी पनि गरेको छ। त्यसपछि प्रधानमन्त्री लगायतबाट आउने जवाफमा अघि बढ्ने इप्पानको तयारी छ । सकारात्मक जवाफ नआएमा जलविद्युत आयोजनाबाट विद्युत उत्पादन नै बन्द गरेर ‘ब्ल्याक आउट’ गर्नेसम्मको आन्दोलनबारे इप्पान भित्र छलफल भइरहेको बताईएको छ। साथै कानूनमा समेत व्यवस्था नभएको रियल नेटवर्थलाई देखाएर आईपीओ आवेदनबाट हटाइएका कम्पनीले धितोपत्र बोर्डका अध्यक्षविरुद्ध मुद्दा दायर गर्ने भएका छन् ।

त्यसो त् धितोपत्र बोर्ड कै कर्मचारी पनि अहिले बोर्ड अध्यक्ष श्रेष्ठको राजीनामा माग गर्दै आन्दोलनमा छन् । इप्पानका पदाधिकारीहरुले पनि बारम्बार बोर्ड अध्यक्षको राजीनामा माग गरिसकेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आज पनि घट्यो सुनको भाउ

आज आइतबार पनि सुनको भाउमा गिरावट आएको छ। शुक्रबार...

ओम मेगाश्री फार्मास्युटिकल्सको साधारणसभा मंसिर २६ मा

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले मंसिर २६ गते ११औं वार्षिक...

प्रधानमन्त्रीको भारत भ्रमणमा ‘महेन्द्रनगर’बाट हवाई प्रवेश अनुमति पाइने अपेक्षा

प्रधानमन्त्री वालेन्द्र शाह छिमेकी देश भारतको दुइ दिने राजकीय...

आज भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुइ दिने भ्रमण तालिका

प्रधानमन्त्री वालेन्द्र शाह आज अपरान्ह भारत भ्रमणमा जाँदैछन् ।...

‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’मा भारतीय पक्षबाट राजनीति र निजी क्षेत्रको नेतृत्व सहभागी नहुने

प्रधानमन्त्री बालेन्द्र शाह आइतबार अपरान्ह भारत भ्रमणमा जाँदैछन् ।...

हप्ता दिनमै २६ हजार ३ सयले घट्यो सुनको भाउ

नेपाली बजारमा पछिल्ला दिनमा सुनको भाउ हरेक दिन घटिरहेको...