Monday, July 6, 2026
spot_img

डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानमा मध्यमार्गी प्रस्ताव

spot_img

प्रधानमन्त्री सुशीला कार्कीसहित भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले डेडिकेटेड फिडर र ट्रंक लाइनको शुल्क सम्बन्धि विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव प्रस्तुत गरेका छन् ।

प्रधानमन्त्री कार्कीको कार्यकक्षमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ,, उद्योगमन्त्री अनिल सिन्हा, मुख्य सचिव एकनारायण अर्यालसहित भएको छफलमा विवाद समाधानको मध्यमार्गी प्रस्ताव राखिएको महासंघले जनाएको छ ।

छलफलमा उद्योगीहरुले विद्युत प्राधिकरणले यसअघि रकम बुझाउने गरि २८ किस्ताको सुविधा दिएअनुसार बुझाएको एक किस्ता बराबरको रकमलाई किस्ताको रुपमा नभइ विवादित बक्यौताको धरौटिका रुपमा लिएर काटिएको विद्युतको लाइन तुरुन्त जोडिने र उक्त धरौटि रकम बुझाएपछि उद्योगीहरु पुनरावलोकनमा जान सक्ने प्रस्ताव गरिएको बताइएको छ ।

सम्बन्धित उद्योगीले प्राधिकरणमा धरौटि बुझाउँदा नै सोही निवेदनमा आफ्नो असहमति समेत राखि पुनरावलोकन एवं अन्य व्यहोरा उल्लेख गरि पेश गर्न सक्ने गरी मध्यमार्गी बाटो प्रस्ताव गरिएको हो । समस्या समाधानका लागि महासंघ अध्यक्ष ढकालले आइतबार प्रधानमन्त्री कार्कीसहित मन्त्री र सचिवहरुसँग छलफल गरे लगत्तै सम्बन्धित उद्योगीहरुसँग महासंघमा छलफल गरेका थिए ।

उद्योगीहरुले महासंघ अध्यक्षलाई छलफल गर्दा किस्ता रकम नभनी विवादित रकमको धरौटीका रुपमा विद्युत प्राधिकरणले स्वीकार गरि कानुनी उपचारको अवसर प्राप्त भए सहमत हुन सक्ने बताएका थिए ।

अहिले प्राधिकरणले करिब दुइ दर्जन उद्योगमा लाइन काटेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी मौद्रिक नीति आउनुपर्छः अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको...

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...
spot_img