स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विभिन्न समिति तथा उपसमिति गठन गरेको छ । इप्पानको नयाँ कार्यसमितिको दोस्रो बैठकले १६ वटा विषयगत समिति र उपसमितिहरू गठन गरेको हो ।
जसमा नीति निर्माण तथा विद्युत् व्यापार समिति संयोजकमा वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामा, ऊर्जा मन्त्रालय समन्वय समिति संयोजकमा नरेन्द्र बल्लभ पन्त, वन, वातावरण तथा भूमिसुधार समन्वय समिति संयोजकमा सुसन कर्माचार्य र बैंक तथा वित्तीय संस्था समन्वय समिति संयोजकमा सुमनकुमारी जोशीलाई तोकिएको छ ।
नेपाल विद्युत प्राधिकरण समन्वय समिति संयोजकमा उत्तरकुमार श्रेष्ठ, धितोपत्र तथा नेप्से समन्वय समिति संयोजकमा हिम प्रसाद पाठक, विद्युत विकास विभाग समन्वय समिति संयोजकमा विक्रम विष्ट तोकिएका छन् । सोलार, हाइड्रोजन, कार्बन व्यापार तथा फ्राईडे फोरम समिति संयोजकमा कुबेरमणि नेपाल चुनिएका छन् ।
यस्तै, विद्युत नियमन आयोग समन्वय उपसमितिको संयोजकमा बलराम खतिवडा, प्रदेश, संगठन तथा सचिवालय समिति संयोजकमा टिएन आचार्य, महिला समिति संयोजकमा कविता पोखरेल, लेखा तथा कोष समिति संयोजकमा शंकर बस्याल तथा आचार संहिता तथा सुशासन उपसमितिको संयोजकमा प्रकाशचन्द्र दुलाल चयन भएका छन् ।
प्राविधिक समन्वय उपसमितिको संयोजकमा कदम केसी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा इभेण्ट व्यवस्थापन उपसमितिको संयोजकमा आनन्द चौधरी र युवा ऊर्जा उद्यमी उपसमितिको संयोजकमा वर्णन लामिछाने चयन भएका छन् ।
यसैगरी, इप्पानले सल्लाहकार र विज्ञ सल्लाहकार समिति पनि गठन गरेको छ । जस अन्तर्गत प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष गणेश कार्की र सल्लाहकारहरुमा उमेश श्रेष्ठ, बटु लामिछाने, रघुनाथ पुरी, केशव रायमाझी, भरत बहादुर खत्री, ज्ञानेन्द्रलाल प्रधान, शुशिल थापा, कृष्णप्रसाद भण्डारी, पुष्पज्योति ढुगांना र दिनेश गुरुङ रहेका छन् ।
विज्ञ सल्लाहकार समिति अन्तर्गत प्रमुख विज्ञ सल्लाहकारमा दिनेश कुमार घिमिरे र विज्ञ सल्लाहकारहरुमा अनुप उपाध्याय, डा. सन्दिप शाह, मनोज कुमार गोयल, कुमार पाण्डे, डा. आत्माराम घिमिरे, डा. छत्रबहादुर बस्नेत, अरुण सुवेदी र नारायण प्रसाद पौडेल रहेका छन् ।









