Friday, July 24, 2026
spot_img

विभागका महानिर्देशकसँग इप्पानको भेटवार्ता, हाइड्रोलाई जथाभावी जरिवाना नलगाउन आग्रह

spot_img

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक जीबछ मण्डलसँग भेटवार्ता गरेको छ । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा गएको इप्पान प्रतिनिधिमण्डलले नव नियुक्त महानिर्देशक मण्डललाई भेटेर बधाई तथा शुभकामना व्यक्त गरेको हो ।

सो अवसरमा पछिल्लो समय जलविद्युत आयोजनामा टेस्टिङ किट आयात अनुमतिमा विभागबाटै रोक लगाइएकोले आयातलाई निरन्तरता दिन र प्रवर्द्धक कम्पनीहरुमाथि विभिन्न शीर्षकमा जथाभावी जरिवाना लगाउन थालिएकोले यसलाई तत्काल रोक्न इप्पानले नवनियुक्त महानिर्देशक मण्डलसमक्ष माग गरेको छ ।

त्यस्तै वित्तीय व्यवस्थापन गर्न नसकेका आयोजनालाई समय दिन, बाढी पहिरो लगायत काबु बाहिरका परिस्थितीमा परेका आयोजनाको आरसीओडीका साथै अनुमतिपत्रको अवधि थप गरिदिन,आयोजनाको अनुमतिपत्रको अवधि विद्युत उत्पादन सुरु गरेको दिनबाट गणना गर्ने व्यवस्था गर्न र विद्युत खरिद विक्री सम्झौता पछि मात्रै उत्पादन अनुमतिपत्र जारी गर्ने व्यवस्था गर्ने लगायतका मागहरु इप्पानले राखेको छ ।

जवाफमा महानिर्देशक मण्डलले २८ हजार ५०० मेगावाटको लक्ष्य पूरागर्न निजी क्षेत्रको साथबिना सम्भव नहुने र वित्तीय व्यवस्थापन गर्ने कुरा प्रवर्द्धकको हातमा नभएकोले यसलाई विभागले सम्बोधन गर्ने बताए । त्यस्तै बाढी पहिरोजस्ता काबु बाहिरका परिस्थितीले आयोजना प्रभावित हुँदा आरसीओडी म्याद थप गर्नुपर्ने र पीपीए रोक्दा सरकारले निजी क्षेत्रमाथि विश्वास नगरेको सन्देश जाने भएकाले यी सबै माग सम्बोधन हुने पनि मण्डलले बताए ।

उक्त भेटमा इप्पानबाट वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्ष आनन्द चौधरी, रामप्रसाद आचार्य, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, कार्यसमिति सदस्यहरु उत्तरकुमार श्रेष्ठ, शंकर बश्याल, कुवेरमणी नेपाल र प्रमुख कार्यकारी अधिकृत भीम गौतम लगायत सहभागी थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img