Friday, May 23, 2025
spot_img

पहिरोले क्षति पुर्‍याएपछि बाराही हाइड्रोको आयोजनाको विद्युत उत्पादन बन्द 

spot_img

पहिरोले क्षति पुर्‍याएपछि बाराही हाइड्रोको आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ । विगत ३-४ दिन देखि लगातार परेको अविरल वर्षाका कारण आयोजनामा क्षति पुगेपछि २०८१ असार २२ गतेबाट विद्युत उत्पादन पूर्णरुपमा बन्द रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले  बाग्लुङ्ग जिल्ला, जैमिनी नगरपालिकाको कुश्मीसेरा स्थित ठेउले खोलामा १.५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको थियो । तर असार २२ गते खोलाको दायाँ तर्फको करिब २०० मिटर माथिबाट आएको पहिरोले इन्टेक र Gravel Trap को बिचको संरचनामा क्षति पूऱ्याएको कम्पनीले जनाएको छ । साथै विद्युत गृहमा पानी पठाउने बाटो पनि अवरुद्ध भएकोले हाल विद्युत उत्पादन पूर्णरुपमा बन्द रहेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार वर्षा निरन्तर भईरहेको हुँदा पहिरो हटाउन कठिनाई परिरहेको र पहिरो हटाउने कार्यको लागि टोली खटाईसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img