Monday, July 27, 2026
spot_img

पहिरोले क्षति पुर्‍याएपछि बाराही हाइड्रोको आयोजनाको विद्युत उत्पादन बन्द 

spot_img

पहिरोले क्षति पुर्‍याएपछि बाराही हाइड्रोको आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ । विगत ३-४ दिन देखि लगातार परेको अविरल वर्षाका कारण आयोजनामा क्षति पुगेपछि २०८१ असार २२ गतेबाट विद्युत उत्पादन पूर्णरुपमा बन्द रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले  बाग्लुङ्ग जिल्ला, जैमिनी नगरपालिकाको कुश्मीसेरा स्थित ठेउले खोलामा १.५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको थियो । तर असार २२ गते खोलाको दायाँ तर्फको करिब २०० मिटर माथिबाट आएको पहिरोले इन्टेक र Gravel Trap को बिचको संरचनामा क्षति पूऱ्याएको कम्पनीले जनाएको छ । साथै विद्युत गृहमा पानी पठाउने बाटो पनि अवरुद्ध भएकोले हाल विद्युत उत्पादन पूर्णरुपमा बन्द रहेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार वर्षा निरन्तर भईरहेको हुँदा पहिरो हटाउन कठिनाई परिरहेको र पहिरो हटाउने कार्यको लागि टोली खटाईसकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...

संकटमा नेपालको एयरलाइन्स उद्योग

मध्यपूर्वी देशहरुमा जारी रहेको तनाव र इन्धनको मूल्य वृद्धिका...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...
spot_img