Thursday, August 6, 2026
spot_img

लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ सुरु

spot_img

आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ पाठ्यक्रम शुरु गरेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) र सूचनाप्रविधिको तिव्र विकास तथा बजारको मागलाई मध्यनजर गर्दे फाउण्डेशनले नयाँ पाठ्यक्रम संचालनमा ल्याएको हो ।

एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनको सम्बन्धनमा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त गरी त्रिभुवन विश्वविद्यालयबाट समकक्षतासहित ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रम संचालमा आएको फाउण्डेशनका अध्यक्ष इन्जिनियर. पंकज जालानले जानकारी दिए । ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रमका लागि फाउण्डेशनले डीएलए कन्सल्टिङसंग सहकार्य गरेको छ ।

नयाँ पाठ्यक्रमको शुभारम्भ कार्यक्रममा फाउण्डेशनका अध्यक्ष इन्जिनियर जालानले कृत्रिम बुद्धिमता (एआई) भविष्यको प्रविधि मात्र नभई बैंकिङ, व्यापार, व्यवस्थापन, डाटा विश्लेषण, रिपोर्ट निर्माण र दैनिक कार्यालयका कामसम्म अत्यावश्यक भइसकेको बताए । ‘केही वर्षअघिसम्म मानिसले घण्टौँ लगाएर गर्ने काम अहिले एआईले केही मिनेटमै गर्न थालेको छ । यही परिवर्तनसँगै नेपालमा पनि एआईलाई केवल ‘टुल चलाउने प्रविधिका रुपमा होइन, शिक्षा, व्यवसाय र व्यवस्थापनसँग जोडेर पाठ्यक्रम विकास गर्न लागिएको हो’ उनले भने ।

अध्यक्ष जलानका अनुसार यो कार्यक्रमको उद्देश्य विद्यार्थीलाई केवल एआई सफ्टवेयर वा टुल बनाउने प्राविधिक ज्ञान दिनु मात्र होइन, बजारमा उपलब्ध एआई टुललाई वास्तविक जीवन र व्यवसायमा कसरी प्रयोग गर्ने भन्ने सिकाउनु पनि हो ।
नयाँ पाठ्यक्रम शुभारम्भ कार्यक्रममा फाउण्डेशनका कार्यकारी निर्देशक प्रकाश केजरीवालले सूचना प्रविधिको विकास तथा एआईको वर्तमान र आगामी भविश्यबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

लर्डबुद्धले भौतिक एआई सर्भर ल्याब स्थापना गर्ने तयारी समेत गरेको छ । विदेशबाट एआई सर्भर नेपाल भित्र्याउने तयारी समेत भएको फाउण्डेशनले जनाएको छ । लर्ड बुद्धका लागि एआई ल्याब केवल एउटा कोठामा राखिने सर्भर वा नयाँ उपकरण मात्र नभई, एआई शिक्षालाई व्यवहारमा उतार्ने मुख्य आधार बन्ने अपेक्षा गरिएको छ ।

भौतिक ल्याब बनाएर विद्यार्थीलाई कम खर्चमा प्रत्यक्ष अभ्यास गर्ने अवसर दिन लागिएको फाउण्डेशनले जनाएको छ । आफ्नै सर्भरमा एआईसम्बन्धी प्रयोग, परीक्षण र सिकाइ गर्न पाउने भएपछि विद्यार्थीले किताब वा भिडियोमा मात्र सीमित नभई प्रविधिलाई प्रत्यक्ष रुपमा बुझ्ने अवसर पाउनेछन् । यससँगै विद्यार्थीले ११ वटा अन्तर्राष्ट्रिय अनलाइन ल्याब, रिसर्च पेपर, जर्नल र पुस्तकहरुको पहुँचसमेत पाउनेछन् ।

कार्यक्रममा डिएलए कन्सल्टिङका संस्थापक अध्यक्ष सुमन न्यौपानेले कृत्रिम बुद्धिमता सूचना प्रविधिको एउटा अंग मात्र नभई हरेक संस्थाको रणनीतिक निर्णय प्रक्रीयाको अभिन्न अंग बनिसकेको बताएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सीए नागेन्द्र शाह नियुक्त

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा सीए नागेन्द्र शाह...

सुनको भाउमा भारी वृद्धि, फेरि तोलाको ३ लाख नजिक

आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...

कर्मचारीको नयाँ तलबमानः २८ हजार ९८४ रुपैयाँदेखि ९० हजार ५९४ रुपैयाँसम्म (सूची)

बजेटमा घोषणा भए अनुसार कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत भएको...

सरकारको खानी विधेयकः १ लाख जरिवानालाई १ करोड पुर्‍याइयो, उद्योगीको ‘गम्भीर आपत्ति’

सरकारले संसदमा दर्ता गराएको खानी तथा खनिज पदार्थसम्बन्धी कानूनलाई...

पल्सरको २५ वर्ष: ल्यायो कथा सुनाएर Pulsar NS400Z जित्ने अवसर

पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले...
spot_img