Wednesday, August 5, 2026
spot_img

तातोपानी नाका अवरुद्दः कपडादेखि हाइड्रोका इक्वीपमेन्ट चीनतिरै रोकिए

spot_img

चीनसँगको प्रमुख ब्यापारिक नाका ‘तातोपानी नाका’ असार अन्तिमदेखि बन्द हुँदा आयात प्रभावित भएको छ । वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्द भएपछि दुइ देशबीचको ब्यापार प्रभावित भएको हो ।

चीनबाट हुने आयातको ५० प्रतिशत हिस्सा तातोपानी नाका हुँदै आयात हुन्छ । तर, अहिले वर्षा र पहिरोले सडक अवरुद्द भएपछि उक्त नाकाबाट हुने आयात प्रभावित भएको र कतिपय आयातकर्ताले केरुङ (रसुवागढी) र कोरला नाकाबाट सामान ल्याउन बाध्य हुनु परेको हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले जानकारी दिएका छन् ।

लत्ताकपडादेखि हाइड्रोका इक्वीपमेन्ट सम्मको आयात प्रभावित

तातोपानी नाकाबाट लत्ताकपाडदेखि हल्का सवारी साधनसमेत आयात हुने गर्छ । साथै, ठूला आयोजनाका औजार, उपकरण पनि यो नाका हुँदै ल्याउने गरिन्थ्यो । तर, अहिले बाह्रबीसे–तातोपानी खण्ड अवरुद्द हुँदा लत्ताकपडा, फलफूल तथा जलविद्युत आयोजनाका इक्वीपमेन्ट सम्मको आयात प्रभावित बनेको महासचिव पराजुलीको भनाइ छ ।

चिनियाँ भूगोलमा सडक राम्रो भएपनि नेपालतर्फ पटकपटक पहिरो जाने समस्याले गर्दा समस्या भइरहेको आयातकर्ता व्यवसायीहरुको भनाइ छ । सरकारले पहिरो पन्छाएर बाह्रै महिना सहज रुपमा आयात–निर्यात गर्न सकिने गरी पूर्वाधार बनाउने योजना बनाएपनि त्यस अनुसारको काम हुन नसक्दा हरेक वर्ष असजिलो अवस्था भोग्नु परिरहेको उनीहरुको गुनासो छ ।

दुइ ठूला पहिरो सधैँका बाधक
यस खण्डमा दुइ वटा ठूला पहिरो छन् । सिन्धुपाल्चोक जिल्लामा पर्ने इको र डाक्लाङ पहिरोले गर्दा हरेक वर्षको वर्षायामदेखि दशैँ तिहार जस्ता ठूला चाडपर्वको मुखमा आयात अस्तव्यस्त हुने गरेको महासचिव पराजुलीको भनाइ छ ।

‘०७२ सालको भूकम्पले गर्दा त्यस भेगमा धेरै स्थानमा जमिन चिराचिरा परेको छ, अहिले केही वर्षयता हरेक वर्ष पहिरो जाने र सडक अवरुद्द हुने गरेको छ’ उनी भन्छन्, ‘इको र डाक्लाङ पहिरोको दीर्घकालिन समाधान खोज्नु आवश्यक छ ।’

यदि अझै केही समय मनसुन सक्रिय रहने हो भने यसपाली पनि दशैँ, तिहार र छठ जस्ता ठूला चाडपर्वका लागि अर्डर गरिएका सामान सहजै आउन नसक्ने अवस्था रहेको उनको भनाइ छ । चाडवाडलाई लक्षित गरी व्यवसायीहरुले लत्ताकपडा, फलफूल जस्ता सामानहरु अर्डर गरिसकेका तर, बाटो सूचारु नभए आयात प्रभावित हुने र चाडवाडमा महँगी बढ्ने जोखिम रहेको महासचिव पराजुली बताउँछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया सुरु

सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी...

४८.४६ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको खुदनाफा, ४६.५१ करोड बाड्न मिल्ने

महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

एभरेष्ट बैंकको नाफा ५ अर्ब नाघ्यो, ईपीएस ३६.९५ रुपैयाँ

एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुलाई अर्थमन्त्रीका प्रश्नै प्रश्न

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी...

४२ सयले महँगियो सुन, चाँदीको भाउ पनि वृद्धि

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला...

नबिलको नाफामा उल्लेख्य वृद्धि, निष्क्रिय कर्जा घट्यो

नबिल बैंकले गत आर्थिक वर्ष २०८२/०८३ मा ७ अर्ब...
spot_img