महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४८.४६ प्रतिशतले ६६ करोड ९९ लाख पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४२ करोड ४३ लाख खुद नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १०.६९ प्रतिशतले बढेर २ अर्ब १४ करोड पुगेको छ। कम्पनीको संचालन नाफा ५३.४१ प्रतिशतले बढेर ९३ करोड ७९ लाख पुगेको छ। यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ४६ करोड ५१ लाख रहेको छ भने वितरणयोग्य प्रति शेयर नाफा १०.३१ रुपैयाँ रहेको छ।
यस अवधिमा कम्पनी प्रति शेयर आम्दानी १३ रुपैयाँ ९६ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १६५.४२ रुपैयाँ रहेको छ। ४ अर्ब ५१ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ६.३२ प्रतिशत रहेको छ।
यस अवधिमा कम्पनीले ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४३ अर्ब ३४ करोड ऋण प्रवाह गरेको छ ।









