बजेटमा घोषणा भए अनुसार कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत भएको छ । मन्त्रिपरिषदले राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत गरेको हो ।
स्वीकृत भएसँगै अर्थ मन्त्रालयले नयाँ तलबमान सार्वजनिक गरेको छ ।
नयाँ तलबमान अनुसार अब सबैभन्दा बढी मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिले मासिक ९० हजार ५९४ रुपैयाँ तलब पाउनेछन् । यस्तै, सबैभन्दा कम प्रथम स्तरका कार्यालय सहयोगीले मासिक २८ हजार ९८४ रुपैयाँ तलब पाउनेछन् ।
यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते बजेट भाषणमार्फत आर्थिक वर्ष २०८३/०८४ बाट (साउनदेखि) लागू हुनेगरी कर्मचारीको तलबमा १० प्रतिशत र प्रोत्साहन भत्ता भनेर १० प्रतिशत बढाएका थिए ।
योसँगै, अब पेन्सनधारी पूर्व कर्मचारीहरुको पेन्सन पनि मासिक १० प्रतिशतका दरले बढेको छ ।
यस्तो छ नयाँ तलबमानः









