राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गरेको छ । परीक्षा सञ्चालन भएको ३५ दिनमै बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमा नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए ।
देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र तोकिएका थिए । सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १–१ केन्द्र निर्धारण गरिएको थियो ।












