Thursday, August 27, 2026
spot_img
spot_img

हवाई भाडा नियन्त्रण गर्न ५ बुँदे सहमति, ट्राभल एजेन्सीको टीबीए अधिकार खारेज

spot_img

हवाई भाडा दोब्बरभन्दा बढीले आकाशिएपछि नागरिक उड्डयन प्राधिकरणले भाडा नियन्त्रणको लागि पहल थालेको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वे निर्माणका लागि दैनिक १० घण्टा विमानस्थल बन्द भएको अवस्थामा हवाई टिकटको उपलब्धता एवं सहज र सुलभ हवाई यातायात संचालनका विषयमा प्राधिकरणले आज छलफल गरेको हो।

छलफलमा  नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकज्यू, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकज्यू, प्राधिकरणका पदाधिकारीहरु तथा अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका प्रतिनिधिहरु उपस्थित थिए ।

छलफलले हवाई भाडा दर महँगो हुनबाट रोक्नको लागि विभिन्न ५ बुँदे सहमति गरेको छ । जस अनुसार सम्पूर्ण वायुसेवा संचालकहरुले ट्राभल एजेन्सीहरुलाई पछि टिकट विक्री गर्ने गरी एकमुष्ट रुपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था (TBA) खारेज गरिएको छ ।

यस्ता छन् ५ बुँदे निर्णय :

१. सम्पूर्ण वायुसेवा संचालकहरुले ट्राभल एजेन्सीहरुलाई पछि टिकट विक्री गर्ने गरी एकमुष्ट रुपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था (TBA) खारेज गर्ने र सम्पूर्ण वायुसेवा कम्पनीहरुले यसको अनिवार्य पालना गर्ने ।

२. सवै वायुसेवा संचालकहरुले द्विपक्षीय हवाई सेवा सम्झौताको Pricing शिर्षकमा उल्लेख भए अनुसार “उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने” -” प्रावधानको पूर्णतः पालना गर्नु पर्ने ।

३. सवै वायुसेवा संचालकहरुले उडान वृत्त वमोजिमको हवाई भाडा सूचि तोक्ने तथा सार्वजनिक गर्नुपर्ने । ट्राभल एजेन्सीहरुसँग टिकट विक्रीको सम्झौता गर्दा निश्चित संख्या मात्र विक्री गर्न सकिने र तोकिएको परिधिमा रही मात्र सेवा शुल्क लिने गरी व्यवस्था मिलाउने जिम्मेवारी वायुसेवा संचालकको हुनेछ ।

४. तोकिए वमोजिमको हवाई भाडा मात्र कायम राख्ने जिम्मेवारी वायुसेवा संचालकको हुनेछ । वायुसेवा संचालकहरुले उपभोक्ता अधिकार सुनिश्चित हुने गरी कार्य गर्नुपर्ने।

५.माथि उल्लेखित प्रावधानहरुको पालनाका सम्बन्धमा कुनै गुनासो भएमा नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयमा वा प्राधिकरणका बरिष्ठ अधिकृत श्री विष्णु प्रसाद पौडेल (मोबाइल नं. ९८४२१७०७२९) सँग सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

यस अघि : अकाशियो हवाई भाडाः कुवेत पुग्न १ लाख, दुबई जान ८० हजार

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...