Thursday, April 23, 2026
spot_img
spot_img

हुन्डाई मोटर्सले विश्वभर १० करोड सवारीसाधन उत्पादनको कोशेढुङ्गा पार गर्‍यो

spot_img
spot_img

हुन्डाई मोटर कम्पनीले विश्वभर १० करोड सवारी साधन उत्पादनको महत्वपूर्ण कोशेढुङ्गा पार गरेको छ । कम्पनीको स्थापना भएको ५७ वर्षमा हुन्डाईले १० करोड १ युनिट सवारी साधन उत्पादन गर्न सफल भएको हो ।

विश्वव्यापी अटोमोटिभ उद्योगमा सबैभन्दा छिटो यो कोशेढुङ्गा पूरा गर्ने कम्पनी हुन्डाई बनेको छ । यो कोशेढुङ्गा पार भएको अवसरमा हुन्डाई मोटर्सले कोरियाको उल्सान प्लान्टमा एक समारोहको आयोजना गरेको थियो ।

यस अवसरमा कम्पनीले १० लाख १औँ गाडी आयोनिक–५ सिँधै ग्राहकलाई हस्तान्तरण गरेको छ । कार्यक्रममा ‘१० करोड १औँ’ को सम्झनामा एउटा सेलिब्रेटरी डिस्प्ले पनि राखिएको थियो, जसलाई हुण्डाई मोटरको विगतका उपलब्धिहरूलाई आधारभूत रूपमा एक कदम अगाडि बढाउने प्रतिवद्धताको प्रतीकका रुपमा लिइएको छ ।

१० करोड सवारी साधनको विश्वव्यापी उत्पादनमा पुग्नु अर्थपूर्ण कोशेढुङ्गा भएको भन्दै कम्पनीका प्रतिनिधिहरु हर्षित भएका छन् । यस सफलताले अर्को १० करोडको यात्रामा पाइला अघि बढाउन हौसला मिलेको कम्पनीका प्रतिनिधिहरुले भनेका छन् ।

‘हुण्डाई मोटरका प्रत्येक कर्मचारीले आफ्नो कडा परिश्रम र समर्पणबाट १०० मिलियन युनिटहरू उत्पादन गर्न योगदान पुर्‍याएका छन्’, हुन्डाई मोटर कम्पनीका डोमेस्टिक प्रोडक्शनका प्रमुख र प्रमुख सुरक्षा अधिकृत डोङ सियोक लीले भने, ‘यो शुभ अवसर हुन्डाई मोटरले नेतृत्व गर्ने विद्युतीकरणको भविष्यको युगतर्फको पहिलो कदम मात्र हो ।’

नेपालमा लक्ष्मी ग्रुपले हुन्डाईका गाडी आयात तथा उत्पादन गर्दै आएको छ । लक्ष्मी ग्रुपले नेपालमै हुण्डाईको भेन्यू कार उत्पादन गरिरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...

सुदूरपश्चिममा क्षमताको १ प्रतिशतभन्दा पनि कम विद्युत उत्पादन, कहाँ देखियो समस्या ?

महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको...

५० करोड लगानीमा गोल्छाले नेपालमै सुरु गरे सर्भो लुब्रिकेन्टको उत्पादन

औद्योगिक घराना गोल्छा ग्रुपले नेपालमै सर्भो लुब्रिकेन्टको उत्पादन सुरु...

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति’ प्रतिवेदन मन्त्री समक्ष पेश

आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा...
spot_img