सिजि मोटर्सले यस वर्षको दशैँका लागि ग्राहकहरूलाई नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार्वजनिक गरेको छ । विद्युतीय गाडी किन्न चाहनेहरूका लागि यो अफरअन्तर्गत नेटा भी किन्दा ग्राहकहरूले ५० हजार रुपैयाँसम्मको निश्चित नगद छुट पाउनेछन् ।
साथै, आफ्नो पुरानो गाडी साटेर नयाँ नेटा भी किन्न चाहनेहरूका लागि थप ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनसको सुविधा पनि कम्पनीले दिएको छ । नेटा भी खरिद गर्ने हरेक ग्राहकले जोडीको लागि बाली जाने निःशुल्क यात्रा पनि उपहारमा पाउनेछन् । यस अफरले गाडी खरिदको आनन्दलाई झनै रमाइलो बनाउने विश्वास लिइएको छ ।
साथै नेटा एक्स खरिद गर्दा एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सकिने कम्पनीले जनाएको छ ।
नेटा भीमा ४०.७ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ । ५० किलोवाट मोटरले गाडीको कार्यक्षमता सुधार गर्दछ । यसमा १२० एन एम टर्क छ ।
नेटा भि ले २० मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्मको छिटो चार्ज सुविधा दिन्छ । यसले एकपटक चार्जमा १८० किमिसम्मको यात्रा गर्न सकिन्छ । यसमा सिएटियलका लिथियम आइरन फस्फेट ब्याट्रीहरू छन्, जसको वारेन्टी ८ वर्ष वा १ लाख ५० हजार किमिसम्म छ ।
नेटा एक्स एकपटक चार्ज गर्दा ५०० किमिसम्म चल्न सक्छ । यसमा १८५ एम एम ग्राउन्ड क्लियरेन्स छ । सिएटियलका अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूमा आधारित नेटा एक्सले पनि ८ वर्ष वा १ लाख ५० हजार किमिको वारेन्टी छ ।













