Thursday, April 23, 2026
spot_img
spot_img

पोखरामा सार्वजनिक भयो ‘दिपल ईभी’, हिमालय अर्गनाइजेसन बन्यो डिलर्स

spot_img
spot_img

नेपालका लागि चांगान मोटर्सको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले नेपालको पर्यटकीय शहर पोखरामा ‘दिपल ईभी’ सार्वजनिक गरेको छ । पोखरामा आयोजित एक कार्यक्रममा दिपल ईभी सार्वजनिक गरिएको हो ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा, नेपाल क्रिकेट संघका सचिव एवम् पूर्व कप्तान तथा दिपल ईभीका ब्रान्ड एम्बास्डर पारस खड्का, चांगानको पोखरा डिलर हिमालय अर्गनाइजेशनकी संस्थापक मिलन थापा र हिमालय अर्गनाइजेशनका निर्देशक सौरभ थापाले संयुक्त रूपमा दिपल एस०७ र एल०७ ईभी सार्वजनिक गरेका हुन् ।

एमएडब्लू वृद्धिले केही दिनमै पोखराकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दैछ । उक्त क्याम्पमा ग्राहकहरुले दिपल, सेरस र नामीले नाडा अटो शोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले दिपल एस ०७ को मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । नयाँ सेरेस–३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नेछन् भने नामी ईभी खरिदमा ७ किलोवाटको चार्जर उपलब्ध हुनेछ ।

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...

सुदूरपश्चिममा क्षमताको १ प्रतिशतभन्दा पनि कम विद्युत उत्पादन, कहाँ देखियो समस्या ?

महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको...

५० करोड लगानीमा गोल्छाले नेपालमै सुरु गरे सर्भो लुब्रिकेन्टको उत्पादन

औद्योगिक घराना गोल्छा ग्रुपले नेपालमै सर्भो लुब्रिकेन्टको उत्पादन सुरु...

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति’ प्रतिवेदन मन्त्री समक्ष पेश

आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा...
spot_img