नेपालका लागि दीपल, सेरेस र नामी ब्राण्डका इलेक्ट्रीक भेहिकलको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोले पर्यटकीय शहर पोखरामा हालसम्मकै ठूलो ‘एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लू वृद्धिले पोखरा इभेन्ट सेन्टरमा असोज १३ देखि १५ गतेसम्म ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ आयोजना गर्न लागेको हो ।
यस अवसरमा गण्डकीका ग्राहकले काठमाडौँका टप ३ रिकन्डिसन हाउसबाट ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रीक कार खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
एमएडब्लू वृद्धिको ‘एक्सचेन्ज इभेन्ट’ अवधिभर ग्राहकले दीपल, सेरेस र नामीले नाडा अटो सोमा जारी गरेका विशेष अफरहरुको समेत उपयोग गर्न पाउने छन् । उक्त अफर अन्तर्गत दीपल एस ०७ बजेट अघिको मूल्य ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिनेछ ।
नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सकिनेछ भने नामी ईभीमा गाडीसँगै ७ किलोवाटको चार्जर पाइनेछ ।
यस एक्सचेन्ज क्याम्पमा टेष्ट ड्राइभ गर्ने र पूरानो गाडीको मूल्याङ्कन गर्ने हरेकले आकर्षक उपहार पाउनेछन् । गाडी लिन चाहनेले तत्कालै फाइनान्स सुविधासँगै तत्कालै गाडी डेलिभरीसमेत पाउने छन् । दीपल, सेरेस र नामीका ग्राहकले ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् ।
यस कार्यक्रममा सहभागी हुने एक जना भाग्यशाली विजेताले रुपाकोट ‘स्टे’को अवसरसमेत पाउने छन् ।













