नेपाली बजारमा प्रवेश गरेको छोटो अवधिमा नै चिनियाँ ईभी ब्राण्ड बिवाइडीले लोकप्रीयता हासिल गरेपछि बिवाइडी ग्लोबलले खुशी व्यक्त गरेको छ । बिवाइडी ग्लोबलले नेपाललाई आफ्नो मुख्य बजारका रुपमा चित्रण गरेको छ ।
बिवाइडी ग्लोबलका अनुसार २ वर्षमा नेपालमा ३ हजार बढी युनिट एट्टो थ्री बिवाइडी ईभी बिक्री भएको बताएको छ । बिवाइडी एट्टो थ्री नेपाली बजारमा सर्वाधिक बिक्री हुने कार भएकोमा बिवाइडी ग्लोबलले खुशी व्यक्त गर्दै नेपाललाई मुख्य बजारमा रुपमा हेरिएको जनाएको छ ।

एट्टो थ्री मोडलका बिवाइडी ईभी नेपालमा उच्च बिक्री भएपछि कम्पनीले गत महिना मात्रै अपग्रेडसहित एट्टो थ्री २०२४ मोडल नेपाली बजारमा सार्वजनिक गरेको थियो । नयाँ अपग्रेडसहितको एट्टो थ्रीले नेपाली बजारमा थप नयाँ उचाई कायम गर्ने विश्वास लिइएको छ ।
नेपालमा बिवाइडीको आधिकारिक वितरक रहेको साइमेक्स इंक हो ।













