spot_img

हिरो स्प्लेन्डर एक्सटेक प्लसको नयाँ भेरिएन्ट सार्बजनिक

spot_img

भारतको सबैभन्दा ठूलो टु–ह्विलर उत्पादक हिरो मोटोकर्पले स्प्लेन्डर प्लस एक्सटेकको नयाँ भेरिएन्ट लन्च गरेको छ । स्प्लेन्डर उत्पादन हुन थालेको ३० औं बार्षिकोत्सवको अवसर पारी कम्पनीले स्प्लेन्डर प्लस एक्सटेक २.० भेरिएन्ट लन्च गरेको हो ।

सो नयाँ भेरिएन्टमा ९७.२ सिसी क्षमताको एयरकुल्ड इन्जिन जडान गरिएको छ । जसको पावर ८.०२ बिएचपी र टर्क ८.०५ एनएम छ । ४ स्पिड गियरवक्स जडान गरिएको उक्त नयाँ मोटरसाइकलले एक लिटर पेट्रोलको खपतम ७३ किलोमिटर माइलेज दिने दावी गरिएको छ । यसमा हिरोको आई३ एस स्टार्ट÷स्टप सिस्टम दिइएको छ ।

डुअल टोन कलर स्किम दिइएको स्प्लेन्डर प्लस एक्सटेक २.० मा गोलाकार आकारको डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, ब्लुटुथ कनेक्टिभिटी र यूएसबी चार्जिङ पोर्ट लगायत फिचर पाउन सकिन्छ ।

मोटरसाइकलको मूल्य ८३ हजार भारु निर्धारण गरिएको छ । जुन स्ट्यान्डर्ड एक्सटेकको तुलनमा ३ हजार भारु बढी हो । सो नयाँ मोटरसाइकलले बजारमा बजाज प्लाटिना १०० र होन्डा साइन १०० संग सिधा प्रतिस्पर्धा गर्नेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एनसेलका कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभाशं पारित

कामना सेवा विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा...

पुँजीगत लाभकर घटाउने सरकारको निर्णय

मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा पुँजीगत लाभकर घटाउने निर्णय...

सिटिजन्स बैंकको लाभांश घोषणा

सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकको भदौ...

नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त

नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्री तथा निजी क्षेत्र विकास...

बाढी प्रभावितलाई विद्युतमा राहत: न्यूनतम विद्युत् बिलिङ नहुने, मिटर निशुल्क दिईने

भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा...