Thursday, April 23, 2026
spot_img
spot_img

आक्रामक बजार लिँदै टाटाको पन्च ईभीः एकैपटक ४ शहरमा लञ्च

spot_img
spot_img

नेपालमा टाटाको पन्च इभी एकैपटक चार शहरमा सार्वजनिक भएको छ । चितवन, पोखरा, बुटवल र भैरहवामा टाटाको पन्च ईभी भव्यताका साथ लञ्च भएको कम्पनीले जनाएको छ ।

धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च इभी यी चारवटै सहरमा एकैदिन औपचारिक रूपमा लन्च गरिएको टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ ।

पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए ।

भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो ।

यस्तै, चितवनको कार्यक्रममा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने सहभागी थिए ।

पोखरामा आयोजित कार्यक्रममा बोल्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले नाडा अटो शोमा सार्वजनिक भएको टाटा पन्च इभीले नेपालभर उच्च माग र बुकिङ पाएको बताए । पोखरामा औपचारिक रूपमा पन्च सार्वजनिक गर्दै ग्राहकलाई साँचो हस्तान्तरण गर्न पाउँदा आफू उत्साहित भएको उनको भनाइ थियो । उनले गाडीको बिक्रीसँगै इभीको इकोसिस्टमलाई सुदृढ गर्न पनि ध्यान केन्द्रित गरिएको जानकारी दिए ।

भैरहवा–बुटवलको कार्यक्रममा बोल्दै सीओओ राजेशप्रसाद गिरीले गाडीको बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि कम्पनीले उत्तिकै ध्यान दिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा पोखरा, चितवन, बुटवल र भैरहवामा गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण गरिएको थियो । गाडीको साँचो हातमा लिँदै ग्राहकले टाटाको पन्च इभि चढ्न पाउँदा आफूहरू खुशी र उत्साहित भएको बताएका थिए ।

टाटा पन्च ईभीको प्रारम्भिक मूल्य ३३ लाख ९९ हजार तोकिएको छ । पन्च ईभीको उक्त भेरिएन्टमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, लेदर रेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर, र वायरलेस एन्ड्रोइड अटो/एप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध छन् । यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यसले BNCAP मा ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...

सुदूरपश्चिममा क्षमताको १ प्रतिशतभन्दा पनि कम विद्युत उत्पादन, कहाँ देखियो समस्या ?

महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको...
spot_img