Thursday, April 23, 2026
spot_img
spot_img

पारामाउन्ट मोटर्सले सुरु गरेको एमजी जेडएस ईभीको नाडा–दशैँ अफर समाप्त हुँदै

spot_img
spot_img

नेपालमा एमजी मोटर्सको अधिकृत वितरक र आयातक पारामाउण्ट मोटर्सले एमजी जेडएस ईभी डिलक्सको विशेष नाडा–दशैँ अफरको चाँडै समाप्ति हुन लागेको घोषणा गरेको छ ।

MG Motors नेपालले MG Motors को १०० वर्षको उत्सव मनाउन यो अफर सुरु गरेको थियो । यो अफर अक्टोबर ५, २०२४ सम्म चल्ने योजना थियो, तर ग्राहकहरूको उच्च मागका कारण अब यो २० सेप्टेम्बर २०२४ मा समाप्त हुनेछ ।

ग्राहकहरूले यो सीमित समयको अफरका क्रममा एमजी जेडएस ईभी डिलक्स ४६ लाख ९९ हजारमा खरिद गर्न सक्नेछन् ।

एमजी जेडएस ईभी डिलक्समा छ वटा एयरब्यागहरू, अटो होल्ड, हिल लन्च असिस्ट, फ्रन्ट कोलिज़न वार्निङ, र स्पीड असिस्टेंस सिस्टम समावेश छन् । यसमा एडास लेभल २ प्रविधि र वायरलेस चार्जिङको सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

“हामी हाम्रा ग्राहकहरूको सकारात्मक प्रतिक्रियामा उत्साहित छौँ। अभूतपूर्व प्रतिक्रिया र सहभागीताका लागि हामी सबै ग्राहकहरुमा धन्यवाद ज्ञापन गर्दछौँ’ पारामाउन्ट मोटर्सका एक प्रवक्ताले भने, ‘भविष्यको विद्युतीय गतिशीलता अनुभव गर्न चाहने सबैलाई २० सेप्टेम्बर अघि नजिकको एमजी शोरूममा पुग्नको लागि प्रोत्साहित गर्दछौँ ।”

पारामाउण्ट मोटर्सले दशैँ अगाडी नै सल्लाघारी र सुकेधारामा सेवा केन्द्र खोल्ने तयारीसमेत अन्तिम चरणमा पुर्याएको छ ।

पारामाउन्ट मोटर्स नेपालमा एमजी मोटर्सको अधिकृत वितरक र आयातक हो ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...

सुदूरपश्चिममा क्षमताको १ प्रतिशतभन्दा पनि कम विद्युत उत्पादन, कहाँ देखियो समस्या ?

महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको...
spot_img