Thursday, April 23, 2026
spot_img
spot_img

जुनसुकै ब्राण्डका पूराना गाडीसँग ‘दीपल ईभी’ साट्न सकिने, बजेट अगाडीकै मूल्यमा गाडी डेलिभरी

spot_img
spot_img

पालका लागि चाङ्गन तथा दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले सोमबारदेखि ‘एक्स्चेन्ज कानिर्भल क्याम्पेन’ सुरु गरेको छ । काठमाडौँको गैरीधारास्थित सिल्भरओक ब्याङ्वेटमा सुरु भएको क्याम्पेन आज सोमबारदेखि ३ गते चल्नेछ ।

एक्स्चेन्ज कार्निभल बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । क्याम्पेन अन्तर्गत ग्राहकले जुनसुकै ब्राण्डका पूराना गाडीसँग दीपल एस–०७ ईभी साट्न सक्नेछन् । यस बाहेक ग्राहकले दीपल एस ०७ र एल ०७ टेस्ट ड्राइभको अवसर पनि पाउने छन् ।

यस अवधिभरी ग्राहकले प्रि–बजेट मूल्य ६४ लाख ९९ हजार रुपैयाँमै दीपलको प्रिमियम ईभी एस ०७ खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । अहिले यसको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

कार्निभल एक्स्चेन्जमा ग्राहकले ६ वटा रिकन्डिसन हाउसबाट आफ्ना पूराना गाडीको बेस्ट भ्यालुएसन पाउने कम्पनीको भनाई छ । कम्पनीका अनुसार एक्स्चेन्ज कार्निभलमा ग्राहकले अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र निःशुल्क एक्सेसरिज पाउनेछन् ।

जसमा ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जरसमेत निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

ग्राहकले गाडीको भ्यालुएसन र बुकिङमा गिफ्ट पनि पाउन सक्नेछन् । नेपाली बजारमा एमएडब्लू वृद्धिले दीपालका एस०७ र एल०७ गरी दुई मोडेल बिक्री गर्दै आएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...

सुदूरपश्चिममा क्षमताको १ प्रतिशतभन्दा पनि कम विद्युत उत्पादन, कहाँ देखियो समस्या ?

महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको...
spot_img