Sunday, April 27, 2025
spot_img

दीपल एक्सचेन्ज कानिर्भलः जुनसुकै ब्राण्डका पुराना गाडी ‘दीपल ईभी’सँग साट्न सकिने

नेपालका लागि चाङ्गन तथा दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले भदौ ३१ देखि असोन ३ गतेसम्म ‘दीपल एक्सचेन्ज कानिर्भल’ आयोजना गर्ने भएको छ ।

काठमाडौँको गैरीधारास्थित सिल्भरओकमा हुने कार्निभलमा ग्राहकहरुले कुनै पनि ब्राण्डाका पुराना गाडीसँग दीपल ईभी साट्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकले नेपालकै शीर्ष ६ रिकन्डिसन हाउसबाट पुरानो गाडीको ‘बेस्ट भ्यालुएसन’ पाउने छन् ।

यस अवसरमा ग्राहकहरुले प्रि–बजेट मूल्य ७१ लाख ९९ हजार रुपैयाँमा दीपलको प्रिमियम ईभी एस०७ पनि खरिद गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ‘दीपल एक्सचेन्ज कानिर्भल’ अवधिभर ग्राहकले थप एक्सचेन्ज बोनस पनि पाउनेछन् । अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्रि एसेसोरिज पाइनुका साथै ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जरसमेत निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ । ग्राहकले गाडीको भ्यालुएसन र बुकिङमा गिफ्ट पनि पाउनेछन् ।

नेपाली बजारमा एमएडब्लू वृद्धिले दीपल एस०७ र एल०७ गरी दुई मोडेल बिक्री गर्दै आएको छ । यी दूबै ईभी एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् ।

दीपल इभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआई सपोर्ट भएको अग्मेन्टेड रियालिटी एडअप डिस्प्ले, चारवटा ड्राइभिङ मोड, १२५ लिटरको ​फ्रंक, हेडरेस्ट र आउटडोरसहित १४ वटा स्पिकर लगायत १५ भन्दा बढी फिचर छन् ।

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

छ्याङ्दी हाइड्रोले पायो हकप्रद निष्काशन अनुमति

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल...

भू–उपग्रह प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गरिने

नेपाल मैदा उद्योग संघ र भारतको एग्रीवाच कम्पनीबीच कषि...

सहकारी प्राधिकरणले अब गति लिन्छ, अभियानका जायज माग सम्बोधन हुन्छन् : मन्त्री अधिकारी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले...

१ खर्बको वैकल्पिक विकास परिचालन विधेयक संसदमा प्रस्तुत

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ...

‘निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर निजी र प्रतिस्पर्धात्मक व्यवस्था ल्याउनुपर्छ’

प्रा.डा.गोपिलाल न्यौपानेले निःशुल्क सार्वजनिक शिक्षा पद्धतिलाई खारेज गरेर नीजि...

यो वर्ष ५ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ, निजी क्षेत्रका समस्या बजेटबाट सम्बोधन हुन्छः डा. खतिवडा

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा....
spot_img