Thursday, April 23, 2026
spot_img
spot_img

स्काइवेलले भन्यो, ‘जी मोटर्स मात्रै नेपालको आधिकारिक बिक्रेता’, एलआरआरले ‘कीर्ते’ गरेको पुष्टि

spot_img
spot_img

एलआरआर ग्रुपले ‘स्काइवेल’का गाडीको आफू पनि आधिकारिक बिक्रेता बनेको भन्दै उपभोक्तालाई झुक्याएको र कीर्ते गरेको पाइएको छ । केही समय अघि एलआरआर ग्रुपले स्काइवेलको गाडीको बिक्रेता दाबी गर्दै बुकिङको सूचना समेत प्रकाशित गरेको थियो । तर, स्काइवेलको प्रिन्सिपल कम्पनी नान्जिङ गोल्डेन ड्रागन बस कम्पनीले नेपालका लागि स्काइवेलको एक्सक्लुसिभ आधिकारिक बिक्रेता जी मोटर्स प्रा.लि. राधेराधे भक्तपुरमात्र रहेको जानकारी गराउँदै भन्सार विभाग र वाणिज्य विभागलाई पत्र पठाएको छ ।

कम्पनीका डेप्युटी जीएम (स्काइवेल एक्सपोर्ट डिभिजन) थोमसले पत्र पठाउँदै जी मोटर्स प्रा.लि. मात्रै स्काइवेलको एक्सक्लुसिभ आधिकारिक रहेको जनाएपछि एलआरआरले स्काइवेलका विद्युतीय एसयूभीको अवैध रुपमा बुकिङको प्रचार गरेको खुलेको हो ।

एलआरआरले वाणिज्य विभागमा एजेन्सी दर्ता गरेकै भरमा हङकङीस्थत एक कम्पनीसँग त्रिपक्षीय सम्झौता गरेर आफू पनि स्काईवेलको नेपालका लागि आधिकारिक बिक्रेता भएको दाबी गर्दै आएको थियो । कम्पनी नान्जिङ गोल्डेन ड्रागन बस कम्पनीले नेपालमा जी मोटर्समात्र आधिकारिक बिक्रेता भएको र हङकङ वा चीनका कम्पनीलाई अर्को देश वा क्षेत्रमा आधिकारिक बिक्रेता नियुक्त गर्ने अधिकार नरहेको जनाएको छ ।

नान्जिङ गोल्डेन ड्रागन बस कम्पनीले नेपालका लागि जारी गरेको प्रेस विज्ञप्ति

नेपालमा गाडी आयात गर्ने कम्पनीलाई उत्पादक कम्पनीले आधिकारिक बिक्रेता नियुक्त गरेको हुनुपर्छ । आधिकारिक बिक्रेता नियुक्त नभई गाडी आयात गर्न नपाइने प्रावधान छ ।

स्काइवेलको हकमा उत्पादक कम्पनीले जी मोटर्सलाई एक्सक्लुसिभ आधिकारिक बिक्रेता दिएकाले एलआरआरले नेपालमा स्काइवेलको कार आयात गर्न पाउँदैन । अब उत्पादक कम्पनीले नै वाणिज्य विभाग र भन्सार विभागलाई पत्र पठाएर आफ्नो नेपालमा आधिकारिक बिक्रेता जी मोटर्स मात्रै रहेको जनाएसँगै एलआरआरले कानुनी रुपमा नै अवैध तरिकाले गाडी ल्याएको पुष्टि भएको छ ।

यससँगै अब भन्सार विभागले एलआरआरले ल्याएका गाडी जफत गर्न सक्छ ।

यता जी मोटर्स प्रा.लि. ले भने स्काईवेलको प्रिन्सिपल कम्पनी नान्जिङ गोल्डेन ड्रागन बस कम्पनी लिमिटेडले नेपालको आधिकारिक बिक्रेता आफूलाई तोकेको र यसको जानकारी सम्बन्धित निकायलाई सम्बोधन गरेरै पत्रमार्फत पठाएसँगै आधिकारिक बिक्रेता दाबी गर्ने एलआरआरविरुद्द कानूनी उपचारमा जाने जनाएको छ ।

जी मोटर्सको विज्ञप्ति

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img