Thursday, May 22, 2025
spot_img

नेपाली बजारमा ‘स्काईवेल’को धमाकेदार ‘इन्ट्री’: अटो शोमा मात्रै १२६ युनिट बुकिङ

स्काईवेलका विद्युतीय गाडी नेपाली बजारमा प्रवेश गरेको भर्खरभर्खरै हो । केही महिना अगाडी मात्रै जी मोटर्सले स्काईवेललाई नेपाल भित्र्याएको हो । ३ महिनाकै अवधिमा ४० बढी गाडी डेलिभरी गरिसकेको जी मोटर्सले ‘नाडा अटो शो २०२४’मा धमाका मच्चाएको छ ।

५औँ दिनसम्ममा ९९ वटा स्काईवेल गाडी बुकिङ भएकोमा अन्तिम दिन आइतबार मात्रै २७ वटा बुकिङ थपिएका छन् । स्काईवेल गाडीको आधिकारिक वितरक जी मोटर्स प्रा.लि.का अनुसार नाडा अटो शो अवधिभरी १२६ वटा स्काईवेल ईभी ब्राण्ड बुकिङ भएका छन् ।

कम्पनीले ईटी ५, बीई ११ मोडलका गाडीहरु प्रदर्शनीमा राखेको थियो । बीई ११ मोडेलका गाडीले क्रमशः ६२० किलोमिटर, ५२० किलोमिटर र ४२० किलोमिटर रेन्ज दिने जनाइएको छ ।

कम्पनीका कार्यकारी निर्देशक पारश मणी गेलालका अनुसार हाल नेपालमा ४० वटा भन्दा बढी स्काईवेलका ईटी–५ प्रीमियम इलेक्ट्रिक एसयुभि बिक्री भईसकेका छन् ।

जी मोटर्सले नाडामा बुकिङ्ग गर्ने ग्राहकका लागी ४१० किलोमिटर रेन्ज भएको बीई ११ को मूल्य ७५ लाख ९० हजार, ५२० किलोमिटर रेन्ज दिने बीई११ को अर्को मोडलको मूल्य ८५ लाख ९० हजार र ईटी५ को मूल्य १ करोड १० लाख रुपैयाँ कायम गरेको थियो ।

नाडा शो पश्चात सबै मोडेलका गाडीमा ५ लाखको दरले मूल्य वृद्धि हुने जी मोटर्सले जनाएको छ ।

स्काईवेल ६५ भन्दा बढी देशहरु जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्डमा बिक्री हुँदै नेपालमा भित्रिएको हो । स्काईवेल युरोपियन स्ट्याण्डर्डका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो ।

spot_img

- Advertisement -

spot_img
spot_img

बुद्धको ७२ सिटे जहाजद्वारा काठमाडौं–भरतपुर परीक्षण उडान

बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले काठमाडौं–भरतपुर परीक्षण उडान...

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...
spot_img