Wednesday, July 9, 2025

सफलतापूर्वक सकियो नाडा अटो शो, २ हजार गाडी बुकिङ

spot_img
spot_img

अटोमोबाइल व्यवसायको कुम्भ मेला मानिने ‘नाडा अटो शो २०२४’ सफलतापूवर्क सम्पन्न भएको छ । भदौ ११ गतेदेखि १६ गते आइतबारसम्म भृकुटीमण्डपमा चलेको अटो शो आज सकिएको हो ।

यस पटकको अटो शोमा २३ वटा चार पाङ्ग्रे, १८ वटा मोटरसाइकल तथा स्कुटर (दुइ पाङ्ग्रे) र १४ वटा लाइट कमर्शियल गरी ५५ ब्राण्डले सहभागिता जनाएका थिए । २६ वटा अटो कम्पोनेन्ट कम्पनी, ७ वटा बैंक तथा वित्तीय संस्था र एउटा बीमा कम्पनीले पनि अटो शोमा सहभागीता जनाएको थियो ।

यसवर्ष अटो शोमा इलेक्ट्रिक भेहिकलको वर्चश्व रह्यो । कुल प्रदर्शनीमा रहेका चार पाङ्ग्रेमध्ये ८० प्रतिशतभन्दा बढी स्टल ईभीको थियो । अटो शोमा १९ लाखदेखि डेढ करोड बढी रुपैयाँ पर्ने गाडीहरु प्रदर्शनीमा राखिएको थियो ।

दुइ पाङ्ग्रेमा पनि इलेक्ट्रीक स्कुटर, स्पोर्टस् मोटरसाइकलसहित एड्भेन्चर बाइकसम्म प्रदर्शनीमा राखिएका थिए ।

अटो शोमा स्काईवेल, एमजी, सुजुकी, हुण्डाई, टाटा, किया, महिन्द्रा, बीवाइडी, ओमोडार, केई, लिप मोटर्स, रेडारा, आयोन, नेटा भी, जीकर, एक्सपेङ, अवतार, नामी, सेरेस, दिपल, हेनरी र बीएडब्लूले चार पाङ्ग्रे सवारी प्रदर्शनीमा राखेका थिए ।

दुइ पाङ्ग्रेतर्फ बजाज, यामाहा, रोयल इनफिल्ड, टीभीएस, हिरो, सुजुकी, बेनेली, भेस्पा, बीएमडब्ल्यू थिए । यस्तै, नयाँ मोडलमा सीएफ मोटो, गोगोरो, ग्यारो, जीओ, इलेक्ट्रीक वान, जोनसेन, ट्रायम्फ, एथर, एनआईयू, याडिया लगायतका ब्राण्ड पनि सहभागी थिए ।

लाइट कमर्शियलमा सेग्मेन्टमा केवाइसी, किङ्लङ, कामा, हाइगर, डोङफेङ, सीएचटीसी लगायतका ब्राण्ड सहभागी थिए ।

अटो शोमा विभिन्न कम्पनीका गरि कुल २ हजारभन्दा बढी गाडी बुकिङ भएका छन् । दुइ पाङ्ग्रेको पनि उल्लेख्य बुकिङ भएको छ । ६ दिनसम्म चलेको अटो शोमा झण्डै १ लाख अवलोकनकर्ताले सहभागीता जनाएको नाडाको भनाइ छ ।

spot_img
spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img