Thursday, April 23, 2026
spot_img
spot_img

सफलतापूर्वक सकियो नाडा अटो शो, २ हजार गाडी बुकिङ

spot_img
spot_img

अटोमोबाइल व्यवसायको कुम्भ मेला मानिने ‘नाडा अटो शो २०२४’ सफलतापूवर्क सम्पन्न भएको छ । भदौ ११ गतेदेखि १६ गते आइतबारसम्म भृकुटीमण्डपमा चलेको अटो शो आज सकिएको हो ।

यस पटकको अटो शोमा २३ वटा चार पाङ्ग्रे, १८ वटा मोटरसाइकल तथा स्कुटर (दुइ पाङ्ग्रे) र १४ वटा लाइट कमर्शियल गरी ५५ ब्राण्डले सहभागिता जनाएका थिए । २६ वटा अटो कम्पोनेन्ट कम्पनी, ७ वटा बैंक तथा वित्तीय संस्था र एउटा बीमा कम्पनीले पनि अटो शोमा सहभागीता जनाएको थियो ।

यसवर्ष अटो शोमा इलेक्ट्रिक भेहिकलको वर्चश्व रह्यो । कुल प्रदर्शनीमा रहेका चार पाङ्ग्रेमध्ये ८० प्रतिशतभन्दा बढी स्टल ईभीको थियो । अटो शोमा १९ लाखदेखि डेढ करोड बढी रुपैयाँ पर्ने गाडीहरु प्रदर्शनीमा राखिएको थियो ।

दुइ पाङ्ग्रेमा पनि इलेक्ट्रीक स्कुटर, स्पोर्टस् मोटरसाइकलसहित एड्भेन्चर बाइकसम्म प्रदर्शनीमा राखिएका थिए ।

अटो शोमा स्काईवेल, एमजी, सुजुकी, हुण्डाई, टाटा, किया, महिन्द्रा, बीवाइडी, ओमोडार, केई, लिप मोटर्स, रेडारा, आयोन, नेटा भी, जीकर, एक्सपेङ, अवतार, नामी, सेरेस, दिपल, हेनरी र बीएडब्लूले चार पाङ्ग्रे सवारी प्रदर्शनीमा राखेका थिए ।

दुइ पाङ्ग्रेतर्फ बजाज, यामाहा, रोयल इनफिल्ड, टीभीएस, हिरो, सुजुकी, बेनेली, भेस्पा, बीएमडब्ल्यू थिए । यस्तै, नयाँ मोडलमा सीएफ मोटो, गोगोरो, ग्यारो, जीओ, इलेक्ट्रीक वान, जोनसेन, ट्रायम्फ, एथर, एनआईयू, याडिया लगायतका ब्राण्ड पनि सहभागी थिए ।

लाइट कमर्शियलमा सेग्मेन्टमा केवाइसी, किङ्लङ, कामा, हाइगर, डोङफेङ, सीएचटीसी लगायतका ब्राण्ड सहभागी थिए ।

अटो शोमा विभिन्न कम्पनीका गरि कुल २ हजारभन्दा बढी गाडी बुकिङ भएका छन् । दुइ पाङ्ग्रेको पनि उल्लेख्य बुकिङ भएको छ । ६ दिनसम्म चलेको अटो शोमा झण्डै १ लाख अवलोकनकर्ताले सहभागीता जनाएको नाडाको भनाइ छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img