Thursday, April 23, 2026
spot_img
spot_img

अटो शोमा अवलोकनकर्ताको ध्यान खिच्दै हुण्डाईको नयाँ क्रेटा

spot_img
spot_img

हुण्डाई गाडीको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले वर्ष २०२४ को नाडा अटो शोमा ‘नयाँ हण्डाई क्रेटा’ प्रदर्शनीमा राखेको छ । नयाँ क्रेटामा विभिन्न विशेषताहरु थप भएका छन् भने यो गाडी निकै ‘स्टाइलिस’ पनि छ ।

नयाँ क्रेटाको अग्र भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक क्वाड बीम, एलईडी हेड ल्याम्प र बम्पर राखिएको छ । बम्पर पनि नयाँ डिजाइनमा देख्न सकिन्छ । पछाडीको भागमा कनेक्टिङ एलईडी टेललाइट सेटअप र रि–डिजाइन गरिएको बम्पर राखिएको छ ।

गाडीको भित्री भागमा कालो र खैरो थिममा नयाँ ड्यासबोर्ड छ भने डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरलाई पहिलेको तुलनामा निकै आकर्षक गरि राखिएको छ ।

यसमा दुबै स्कुन समान १०.२५ इन्चका छन् । स्पीकर बोस साउण्ड सिस्टम, एम्बर एम्बियेन्ट लाइटिङ्ग, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिटहरू र डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताले नयाँ क्रेटालाई भरिपूर्ण बनाएको छ । जसका कारण चालकले आरामदायी ड्राइभिङ अनुभव प्राप्त गर्नेछन् ।

यसमा ६ ओटा एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यू मोनिटर, ब्लाइन्ड स्पट भ्यू मोनिटर, अटो होल्डसहितको इलेक्ट्रिक पार्किङ ब्रेक र टायर प्रेशर मोनिटरिङ सिस्टम छन्, जसले चालकलाई तुलनात्मक रुपमा थप सुरक्षित गराउँदछ भने चालकलाई आफू सुरक्षित छु भन्ने अनुभूति पनि गराउँछ ।

एडास फिचर अन्तर्गत लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाप्टभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइण्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङ जस्ता महत्वपूर्ण फिचरसहित आएको नयाँ क्रेटालाई १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनले थप शक्तिशाली बनाएको छ ।

गियर ट्रान्समिसनको विकल्पहरूमा एमटी, एटी र आइभीटी उपलब्ध छन् । राम्रो डिजाइन, हरेक भू–भागमा सहजै गुड्न सक्ने र हरेक उमेरसमूहका व्यक्तिलाई सुहाउने यो गाडी मिड साइज एसयूभी सेगमेन्टमा आएको हो ।

कम्पनीका अनुसार नयाँ हुण्डाई क्रेटा ई, ईपीएल, एस (ओ), एसएक्स, एस (ओ) सीभीटी, एसएक्स टेक, एसएक्स टेक सीभीटी र एसएक्स (ओ) सीभीटी भेरियन्टहरूमा उपलब्ध छ । यो गाडी विभिन्न ६ रङ्गहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

केही समय अगाडी नै नेपाली बजारमा भित्रिएको भएपनि हाल यसको अपग्रेड भर्सन अटो शोमा देख्न सकिन्छ । हुण्डाई क्रेटा धेरै बिक्री हुने एसयूभीमध्ये पर्दछ ।

नाडा अटो शोमा नयाँ हुण्डाई क्रेटाको बुकिङ उल्लेख्य मात्रामा भएको छ । कम्पनीले बुकिङ भएका गाडीहरुको तत्कालै डेलिभरी दिइने जनाएको छ । यसको प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार छ ।

लक्ष्मी हुण्डाईले सन् २०१५ बाट नेपालमा क्रेटाको बिक्री सुरुवात गरेको थियो ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img