Tuesday, March 18, 2025
spot_img
spot_img

पन्च ईभीः अटो शोमा सर्वाधिक चर्चा, ३ सय बढी बुकिङ

भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा टाटाको पन्च ईभीमा अवलोकनकर्ताको भीडभाड हुने गरेको छ । नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार कम्पनीले प्रदर्शनीमा राखेको पन्च ईभीको हालसम्म ३ सय बढी बुकिङ भइसकेको छ ।

अटो शोको पहिलो दिन नै १ सय युनिट बुकिङ भएकोमा हालसम्म बुकिङ संख्या ३ सय नाघिसकेको कम्पनीले जनाएको छ । सस्तो मूल्यको एसयुभी ईभी भएकाले यसको बुकिङ निकै भइरहेको बताइन्छ ।

सिप्रदीका अनुसार नेपाली बजारमा पन्च ईभी तीन भेरियन्टमा उपलब्ध छ । पन्च ईभी इमपावर्ड प्लस एस एमआर ३३ लाख ९९ हजार, पन्च ईभी इमपावर्ड एलआरको मूल्य ३६ लाख ९९ हजार र पन्च ईभी इमपावर्ड प्लस एसएलआर ३८ लाख ९९ हजार पर्नेछ ।

प्योर इभी प्ल्याटफर्ममा बनेको पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको कम्पनीको दाबी छ । यसमा १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस लगायतका विशेषताले भरिपूर्ण यो गाडी नेपालमा लोकप्रीय बन्नेमा कम्पनी विश्वस्त देखिएको छ ।

भारतमा टाटा पन्च ईभी मासिक रुपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ ।

spot_img

- Advertisement -

spot_img
spot_img

उद्योगमन्त्रीको प्रश्न, ‘उद्योगमन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग मन्त्रीले उद्योगी...

कहाँ जाँदै थिए २५ करोड बराबरका डलर र युरो बोकेर ट्रक चलाइरहेका कुसाङ ?

काठमाडौँको झोरबाट सोमबार राती स्रोत नखुलेको अमेरिकी डलर, युरो...

संसदीय समितिमा सिमेन्ट उद्योगीले सोधे, ‘पटक पटक किन बोलाएको ?’

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता...

छिट्टै नेप्सेमा सूचीकृत हुँदै यी १४ कम्पनीको बोनस शेयर, धितोपत्र बोर्डमा दर्ता सम्पन्न

नेपाल धितोपत्र बोर्डमा विभिन्न १४ कम्पनीको बोनस शेयर दर्ता...

पहुँचको नभइ पद्धतिको थिति बसाल्न प्रयत्न गर्छु: नव नियुक्त आइजिपी थापा

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापालाई दज्र्यानी चिन्ह...

बीपी राजमार्ग पुनर्निर्माण गर्न दोस्रो खण्डको ठेक्का आह्वान

बीपी राजमार्ग पुनर्निर्माण गर्न दोस्रो खण्डको ठेक्का आह्वान भएको...
spot_img