Thursday, April 23, 2026
spot_img
spot_img

अटो शोमा स्काईवेल ईभीमा क्रेजः ५औँ दिनसम्म ९९ युनिट बुकिङ

spot_img
spot_img

नाडा अटो शो २०२४ को ५ औँ दिनसम्ममा स्काईवेलका ९९ वटा विद्युतीय गाडी बुकिङ भएका छन् । स्काईवेल गाडीको आधकारिक वितरक जी मोटर्स प्रा.लि.का अनुसार ९९ वटा स्काईवेल ईभी ब्राण्ड बुकिङ भएको हो ।

आइतबार पनि अटो शो जारी रहने भएकाले यो संख्या अझै बढ्ने विश्वास लिइएको छ । ईटी ५, बीई ११ मोडलका गाडीहरु प्रदर्शनीमा राखेको कम्पनीले बीई ११ मोडेलका गाडीमा क्रमशः ६२० किलोमिटर, ५२० किलोमिटर र ४२० किलोमिटर रेन्ज दिने जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक पारश मणी गेलालका अनुसार हाल नेपालमा ४० वटा भन्दा बढी स्काईवेलका ईटी–५ प्रीमियम इलेक्ट्रिक एसयुभि बिक्री बितरण भई सकेका छन् ।

जी मोटर्सले नाडामा बुकिङ्ग गर्ने ग्राहकका लागी ४१० किलोमिटर रेन्ज भएको बीई ११ को मूल्य ७५ लाख ९० हजार, ५२० किलोमिटर रेन्ज दिने बीई११ को अर्को मोडलको मूल्य ८५ लाख ९० हजार र ईटी५ को मूल्य १ करोड १० लाख रुपैयाँ कायम गरेको छ ।

नाडा शो पश्चात सबै मोडेलका गाडीमा ५ लाखले मूल्य वृद्धि हुने जी मोटर्सले जनाएको छ ।

स्काईवेल ६५ भन्दा बढी देशहरु जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्डमा बिक्री हुँदै नेपालमा भित्रिएको हो । स्काईवेल युरोपियन स्ट्याण्डर्डका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img