Wednesday, June 18, 2025
spot_img

अटो शोमा स्काईवेल ईभीमा क्रेजः ५औँ दिनसम्म ९९ युनिट बुकिङ

spot_img
spot_img

नाडा अटो शो २०२४ को ५ औँ दिनसम्ममा स्काईवेलका ९९ वटा विद्युतीय गाडी बुकिङ भएका छन् । स्काईवेल गाडीको आधकारिक वितरक जी मोटर्स प्रा.लि.का अनुसार ९९ वटा स्काईवेल ईभी ब्राण्ड बुकिङ भएको हो ।

आइतबार पनि अटो शो जारी रहने भएकाले यो संख्या अझै बढ्ने विश्वास लिइएको छ । ईटी ५, बीई ११ मोडलका गाडीहरु प्रदर्शनीमा राखेको कम्पनीले बीई ११ मोडेलका गाडीमा क्रमशः ६२० किलोमिटर, ५२० किलोमिटर र ४२० किलोमिटर रेन्ज दिने जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक पारश मणी गेलालका अनुसार हाल नेपालमा ४० वटा भन्दा बढी स्काईवेलका ईटी–५ प्रीमियम इलेक्ट्रिक एसयुभि बिक्री बितरण भई सकेका छन् ।

जी मोटर्सले नाडामा बुकिङ्ग गर्ने ग्राहकका लागी ४१० किलोमिटर रेन्ज भएको बीई ११ को मूल्य ७५ लाख ९० हजार, ५२० किलोमिटर रेन्ज दिने बीई११ को अर्को मोडलको मूल्य ८५ लाख ९० हजार र ईटी५ को मूल्य १ करोड १० लाख रुपैयाँ कायम गरेको छ ।

नाडा शो पश्चात सबै मोडेलका गाडीमा ५ लाखले मूल्य वृद्धि हुने जी मोटर्सले जनाएको छ ।

स्काईवेल ६५ भन्दा बढी देशहरु जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्डमा बिक्री हुँदै नेपालमा भित्रिएको हो । स्काईवेल युरोपियन स्ट्याण्डर्डका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

होटललाई औद्योगिक ग्राहकमा रुपान्तरण गरिँदै, घट्दै बिजुलीको महशुल

नेपाल विद्युत प्राधिकरणले सरकारको घोषणा अनुसार होटललाई औद्योगिक ग्राहकमा...

भारत आउने भयो एलन मस्कको स्टारलिंक इन्टरनेट, केन्द्र सरकारले दियो अनुमति

भारत सरकारले एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सको स्टारलिंकलाई भारतमा...

एलएस अटोका दुइ मोडल नाइमा एक्स्पोमा आउने

एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रा.लि.ले...

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...
spot_img