Friday, April 24, 2026
spot_img
spot_img

नाडा अटो शोः यी ७ प्रिमियम लक्जरी ईभी ब्राण्ड, जसको मूल्य पर्छ करोडमाथि

spot_img
spot_img

‘नाडा अटो शो–२०२४’को आज चौथो दिन चलिरहेको छ । विद्युतीय सवारी साधनको बर्चश्व रहेको यसवर्षको अटो शोमा लक्जरी मात्रै होइन, प्रिमीयम लक्जरी कारमा समेत ईभीकै बाहुल्यता देखिएको छ ।

विभिन्न कम्पनीहरुले प्रदर्शनीमा राखेका करोड मूल्यभन्दा बढीका इलेक्ट्रिक कारहरुमा ‘सम्भ्रान्त’ वर्गको नजर परिरहेको छ । अत्याधुनिक प्रविधिले विशेषताहरु भरिपूर्ण बनाइएका गाडीहरुको प्रदर्शनीले सबैको ध्यान तानिरहेको छ ।

एमजी साइबरस्टर
एमजी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले यसवर्षको अटो शोमा ‘एमजी साइबरस्टर’ लन्च गर्यो । २५० किलोवाट क्षमताको मोटरपावर भएको साइबरस्टरमा ७० किलोवाटको ब्याट्री प्याक उपलब्ध छ ।
सिंगल चार्जमा ५०८ किमी रेन्ज दिने यो गाडीको लम्बाई ४ हजार ३३५ एमएम छ । यो कारको मूल्य १ करोड ६८ लाख रुपैयाँ पर्छ । अटो शो सुरु भएकै दिन एमजी साइबरस्टर ‘सोल्ड आउट’ भइसकेको छ । कम्पनीमा सुरुवातमा २ युनिट गाडी ल्याएको थियो ।

स्काईवेल ईटी–५
स्काईवेल गाडीको नेपालको एकमात्र आधिकारिक बिक्रेता जी मोटर्सले नाडा अटो शो सुरु हुनुभन्दा अगाडी नै सार्वजनिक गरेको ‘स्काईवेल ईटी–५’लाई अटो शोमा पनि राखेको छ ।
एक पटकको फूल चार्जमा ६२० किलोमिटर रेन्ज दिने स्काईवेल ईटी–५ को मूल्य १ करोड १० लाख रुपैयाँ छ । यसमा ८६ किलोवाट क्षमताको ब्याट्री प्याक छ ।

अवतार ११
सिजी मोटर्स र एमएडब्लु वृद्धिले संयुक्त रुपमा भित्र्याएको प्रिमियम कार हो ‘अवतार ११’ । अटो शोमा राखिएको यो गाडीको मूल्य १ करोड ४५ लाख रुपैयाँ छ । नाडामा १० लाख रुपैयाँ छुटको अफर दिइएको छ । यो कारले ६५० किमीसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

आयोनिक ५
लक्ष्मी हुण्डाईले यसवर्ष पनि आयोनिक ५ लाई नै अटो शोमा राखेको छ । यसवर्षको अटो शोमा क्रेटालाई ‘हाइलाइट्स’ गरेको लक्ष्मी हुण्डाईले गत वर्ष नै अटो शोमा राखेको आयोनिक ५ लाई यसवर्ष पनि निरन्तरता दिएको हो ।
१ करोड ३ लाख ९६ हजार रुपैयाँ छ । यसले एक पटकको चार्जमा ३७५ किलोमिटर रेन्ज दिने बताइएको छ ।

ईभी–९
किया मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले नाडा अटो शोमा ईभी–९ लाई प्रदर्शनीमा राखेको छ । फुल चार्जमा ४५० किलोमिटर रेन्ज दिने दाबी गरिएको यो गाडीको मूल्य १ करोड ८० लाख रुपैयाँ पर्छ ।
अटो शोमा राखिएका ईभी सेग्मेन्टमध्ये ईभी–९ सबैभन्दा महँगो कार हो ।

जिकर एक्स
जिकरको फोर ह्वील अप्सनको ईभी नाडा अटो शोमा प्रदर्शनीमा छ । १ करोड ४९ लाख रुपैयाँ मूल्य पर्ने यो गाडीमा ३१५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।

४४० किमी रेन्ज दिने जिकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री जडान भएको छ । यसले २२ किलोवाटको एसी चार्जरसमेत सपोर्ट गर्ने र एसी चार्जरबाट नै ४ घण्टामा गाडी फुल चार्ज हुने बताइएको छ । यसले डिसी चार्जर भने १५० किलोवाटसम्मको सपोर्ट गर्छ ।

ग्राण्ड भितारा
सिजी मोटोकर्पले नेपालमा भित्र्याएको लक्जरी बहुप्रतिक्षित गाडी हो ‘ग्राण्ड भितारा’ । यसमा अल्फा प्लस (मनो टुन) इ सिभिटीको मूल्य १ करोड ९९ हजार रुपैयाँ पर्छ । अल्फा प्लस (डुयल टुन) इसिभिटीको २ करोड १२ लाख ९ हजार रुपैयाँ पर्छ ।

बिवाईडी सिलियन–७
बिवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा.लि.ले अटो शोमा सिलियन–७ गाडी सार्वजनिक गरेको छ । चीनबाहिर पहिलो पटक नेपालमा सार्वजनिक भएको यो गाडीको मूल्य भने कम्पनीले तोकेको छैन । अहिले सार्वजनिक मात्रै गरिएको र तत्काल बिक्री नहुने भएकाले कम्पनीले यसको मूल्य नतोकेको हो । यसको मूल्य पनि करोड हाराहारी पर्ने बताईएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img