Friday, April 24, 2026
spot_img
spot_img

नाडा अटो शोमा ‘केइ’को ३ ओटा मोडल सार्वजनिक, ग्राहकलाई विशेष अफर

spot_img
spot_img

नेपालको लागि केइ अटोमोबाइल्स को आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शो को पहिलो दिन आफ्नो ३ ओटा मोडल सार्वजनिक गर्दै बुकिङ्ग खुलाएको छ । अटो शो मा रहेको कम्पनीको स्टल नं H-16 बाट अर्थमन्त्री विष्णुप्रसाद पौडेल e-Qute 02, e-Qute 04 र इलेक्ट्रीक एसयूभ X3 Pro EV मोडल सार्वजनिक गरेका हुन् ।

e-Qute 02 मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ। जसमा २०० कि. मी रेन्ज दिने भेरिएन्टलाई
१९ लाख ९६ हजार मुल्य कायम गरिएको छ भने ३०० कि.मी भेरिएन्टको मूल्य २२ लाख ९६ हजार रहेको छ। कम्पनीका अनुसार E- Qute 02 मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ। यसको अधिकतम टर्क ११० एनएम छ । त्यसै गरी e-Qute 04, ३०० कि. मी रेन्ज को मूल्य २४ लाख ९६ हजार छ | E-Qute 04 मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

तेस्रो मोडल X3 Pro EV इलेक्ट्रीक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध छ । डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ ।

नाडा अटो शो स्पेसल अफर अन्तर्गत केइ गाडीको खरिदमा ग्राहकले ७.३ किलोवाटको वाल माउन्टेड चारजर, साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। नाडा अटो शोमा केइ अटोमोबाइल्सको स्टल नं H-16 मा  आएर केई ब्रान्ड र नाडामा लन्च गरिएको केइका गाडीहरुको बारे जानकारी लिन सकिने लक्ष्मी ई मोबिलिटीले जनाएको छ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img