Friday, March 21, 2025
spot_img
spot_img

नाडा अटो शोमा ‘केइ’को ३ ओटा मोडल सार्वजनिक, ग्राहकलाई विशेष अफर

नेपालको लागि केइ अटोमोबाइल्स को आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शो को पहिलो दिन आफ्नो ३ ओटा मोडल सार्वजनिक गर्दै बुकिङ्ग खुलाएको छ । अटो शो मा रहेको कम्पनीको स्टल नं H-16 बाट अर्थमन्त्री विष्णुप्रसाद पौडेल e-Qute 02, e-Qute 04 र इलेक्ट्रीक एसयूभ X3 Pro EV मोडल सार्वजनिक गरेका हुन् ।

e-Qute 02 मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ। जसमा २०० कि. मी रेन्ज दिने भेरिएन्टलाई
१९ लाख ९६ हजार मुल्य कायम गरिएको छ भने ३०० कि.मी भेरिएन्टको मूल्य २२ लाख ९६ हजार रहेको छ। कम्पनीका अनुसार E- Qute 02 मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ। यसको अधिकतम टर्क ११० एनएम छ । त्यसै गरी e-Qute 04, ३०० कि. मी रेन्ज को मूल्य २४ लाख ९६ हजार छ | E-Qute 04 मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

तेस्रो मोडल X3 Pro EV इलेक्ट्रीक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध छ । डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ ।

नाडा अटो शो स्पेसल अफर अन्तर्गत केइ गाडीको खरिदमा ग्राहकले ७.३ किलोवाटको वाल माउन्टेड चारजर, साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। नाडा अटो शोमा केइ अटोमोबाइल्सको स्टल नं H-16 मा  आएर केई ब्रान्ड र नाडामा लन्च गरिएको केइका गाडीहरुको बारे जानकारी लिन सकिने लक्ष्मी ई मोबिलिटीले जनाएको छ।

spot_img

- Advertisement -

spot_img
spot_img

जापान बन्यो आगामी विश्वकपको लागि छनौट हुने पहिलो देश

फिफा विश्वकप २०२६ का लागि छनोट हुने पहिलो देशको...

सवा २० अर्बमा ९० मेगावाटको अर्धजलाशययुक्त आयोजना बनाउँदै एमए पावर, EIA तयार

एम.ए. पावर प्रा. लि.ले निर्माण गर्न लागेको ९० मेगावाट...

महिला लघुवित्तको साधारणसभा सम्पन्न

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा आज...

८ महिनामा १ अर्ब ३३ करोडको सिमेन्ट निर्यात

चालु आर्थिक वर्षको ८ महिनामा १ अर्ब बढीको सिमेन्ट...

परिसंघले भन्यो ‘१२ घण्टा लोडसेडिङ्गले उद्योगलाई मर्माहत बनायो, नियमित विद्युत देउ’

नेपाल उद्योग परिसंघले उद्योगहरुमा तत्काल विद्युत् नियमित गर्न आग्रह गरेको...

५७ प्रतिशतले बढ्यो नेपालको निर्यात, ८ महिनामा ९८७ अर्ब व्यापार घाटा

चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्ममा नेपालले ११...
spot_img