Wednesday, June 18, 2025
spot_img

अटो शोमा पन्च ईभीका ३ भेरियन्ट सार्वजनिक, मूल्य कति ?

spot_img
spot_img

आजबाट सुरु भएको नाडा अटो शोको अवसरमा नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडीङ प्रा.लि.ले पन्च ईभी सार्वजनिक गरेको छ ।

नेपाली बजारमा पन्च ईभी ३ भेरियन्टमा उपलब्ध हुने भएको छ ।

पन्च ईभी इमपावर्ड प्लस एस एमआरको मूल्य ३३ लाख ९९ हजार, पन्च ईभी इमपावर्ड एलआरको मूल्य ३६ लाख ९९ हजार र पन्च ईभी इमपावर्ड प्लस एसएलआरको मूल्य ३८ लाख ९९ हजार तोकिएको छ ।

एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको कम्पनीले बताएको छ । यो गाडी खर्चको दृष्टिकोणले किफायति मान्न सकिनेछ ।

१६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका बिशेषताहरु यसमा छन् । यो गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको कम्पनीले जनाएको छ ।

पन्च सर्ट रेन्ज एसआर सर्ट रेन्ज मोडलमा २५ किलोवाट आवरको ब्याट्री छ । लङ रेन्ज मोडलमा ३५ किलोवाट आवरको ब्याट्री छ ।

पन्च ईभीको स्ट्याण्डर्ड भेरियन्टमा ६० किलोवाटको मोटर छ । यसले ८२ हर्स पावर र ११४ न्युटन मिटर टर्क जेनेरेट गर्छ । लङ रेन्ज भेरियन्टमा ९० किलोवाटको इलेक्ट्रिक मोटर छ। यसले १२२ हर्स पावर र १९० न्युटन मिटर टर्क जेनेरेट गर्दछ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

भारत आउने भयो एलन मस्कको स्टारलिंक इन्टरनेट, केन्द्र सरकारले दियो अनुमति

भारत सरकारले एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सको स्टारलिंकलाई भारतमा...

एलएस अटोका दुइ मोडल नाइमा एक्स्पोमा आउने

एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रा.लि.ले...

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...
spot_img