Monday, July 14, 2025

अटोमोबाइल्स विलासी वस्तु होइन, आवश्यकताको साधन होः अध्यक्ष ढकाल

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटोमोबाइल्सबारे सरकारी नीति ठिक नभएको बताएका छन् । उनले अटोमोबाइल्स क्षेत्रलाई विलासीको साधनका रुपमा राख्ने गरिएको भन्दै यसलाई परिवर्तन गरेर आवश्यकताको साधनमा वर्गीकरण गर्नुपर्ने बताएका हुन् ।

मंगलबारबाट काठमाडौँमा सुरु भएको नाडा अटो शो २०२४ को उद्घाटनमा बोल्दै अध्यक्ष ढकालले सवारी साधनलाई विलासी भन्ने सोच पुरातनवादी चिन्तन भएको बताउँदै अब पूरानो सोचलाई फेर्नुपर्ने बताए ।

‘नीति बनाउनेहरुको सोचमा अटोमोबाइल भनेको लक्जरी भन्ने छ, यो पुरातन सोच हो’ अध्यक्ष ढकालले भने, ‘यो सोचलाई फेर्नु पर्छ, अटोमोबाइल क्षेत्र अब आवश्यकताको क्षेत्र हो ।’

उनले बैंक तथा वित्तीय संस्थाले गाडी खरिदकर्तालाई फाइनान्सिङ सुविधा उपलब्ध गराउँदा सरकारकै नीतिका कारण लक्जरी साधनका रुपमा वर्गीकरण हुँदा महँगो पर्ने गरेको भन्दै यसलाई परिवर्तन गर्नुपर्ने पनि बताएका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img

काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

 आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु...

बजारमा अधिक तरलता: तर ४ दिनको लागि निक्षेप राख्न बैंकहरु अनिच्छुक

बैंकहरु राष्ट्र बैंकमा ४ दिन अवधिको निक्षेप राख्न अनिच्छुक...

Jayandra’s journey From Mahendranagar to Manhattan

Jayandra Chiluwal, a Nepali actor, originally from Mahendranagar, has...

साउन १ बाट सबै सरकारी भुक्तानी विद्युतीय प्रणालीमार्फत हुनु पर्ने

अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य...

चेम्बरले भन्यो ‘मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने खालको’

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...
spot_img