Sunday, March 23, 2025
spot_img
spot_img

नाडा अटो शो आजदेखि

नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आजदेखि नाडा अटो शो २०२४ सुरु हुँदै छ । आज बिहान ९ बजे नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शो को उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  टाटा.ईभी मुख्य प्रायोजक रहेको अटो शो काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

यस वर्षको प्रदर्शनीमा २४ चार–पाङ्ग्रे ब्रान्डहरू, १९ दुई–पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शनमा रहने छन् । साथै लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूका ३३ कम्पनीहरू रहने छन् । यसका अलावा ७ वित्तीय संस्थाहरूले नाडा अटो शोमा गाडी खरिद गर्ने तथा बुकिङ गर्नेहरुलाई फाइनान्सिङ सम्बन्धि सुविधाहरु प्रदान गर्नेछन् । कुल ९५ प्रदर्शकहरूले १३० स्टलमार्फत आफ्ना अटो सम्बन्धि वस्तुहरु प्रदर्शनी गर्नेछन् ।

चाडपर्वको मौसम नजिकिँदै गर्दा, यस अटो शोले अटोमोबाइल प्रेमीहरूका लागि नयाँ मोडेल र प्रविधिहरूबारे जानकारी पाउने अवसर प्रदान गर्ने नाडाले जनाएको छ । नाडा अटो शो पहिलेभन्दा भव्य रुपमा सुरु भएको र यसपालीको अटो शो विगतका वर्षहरुको भन्दा प्रभावशाली हुने अपेक्षा नाडाको छ ।

६ दिनसम्म चल्ने अटो शोमा ७५ हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ । अवलोकनकर्तामध्ये एक जना भाग्यशाली सहभागीले हिरो जुम स्कूटर जित्ने अवसर पाउनेछन् ।

नाडाले यो प्रदर्शनीलाई केवल प्रदर्शनी मात्रै नभई नवीनता र नेपाली अटोमोबाइल्स उद्योगको दीगो आत्माको उत्सवका रुपमा लिएको छ ।

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीएलमा RCB को विजयी सुरुवात, पहिलो खेल मै हार्यो गतवर्षको च्याम्पियन

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल)...

रुसको स्वर्ण भण्डार २१७ अर्ब डलर पुग्यो, किन थुपार्यो यति धेरै सुन ?

रुसले हालै आफ्नो सुनको भण्डारलाई कीर्तिमानी स्तरमा पुर्‍याएको छ।...

युएईले अमेरिकामा १४ खर्ब डलर लगानी गर्ने

संयुक्त अरब इमिरेट्स (युएई) ले अमेरिकामा आगामी १० वर्षमा...

लक्ष्मी स्टीलले तिर्न थाल्यो विद्युत् बक्यौता, सर्वोत्तम सिमेन्टले बुझायो दोस्रो किस्ता

नवलपरासी .(बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टीलले...

बिलियन डलर बिजनेशको रुपमा परिचित आईपीएल आजदेखि

बहुप्रतीक्षित १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) आज शनिवारबाट...

पर्यटन बोर्ड र युएनडीपीबीच ५० लाख डलरको परियोजना सञ्चालन गर्ने सम्झौता

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल...
spot_img