Saturday, June 14, 2025
spot_img

बीवाईडी एट्टो–३ को नयाँ संस्करण सार्वजनिक, के छन् विशेषता ?

spot_img
spot_img

बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडीको एट्टो ३ को नयाँ संस्करण सार्वजनिक गरेको छ । बीवाईडीको आधिकारिक वितरक साइमेक्स इङ्कले बीवाईडी एट्टो ३ को नयाँ भेरियन्ट सार्वजनिक गरेको हो ।

नयाँ संस्करणलाई कम्पनीले स्पोर्टी इलेक्ट्रिक एसयूभी भनेको छ । कम्पनीले यो गाडी सबैभन्दा बढी बिक्री हुने विश्वास लिएको छ ।

नेपाल भित्रिएको दुई वर्ष पनि नपुग्दै ३ हजार युनिटभन्दा बढी बीवाईडी एट्टो ३ बिक्री भइसकेको कम्पनीले जनाएको छ । बीवाईडी एट्टो ३ को २०२४ संस्करण विशेषरूपमा अपग्रेड गरिएको र यसमा नयाँ फिचर थप गरिएको कम्पनीले जनाएको छ ।

गाडी आकर्षक कसमस ब्ल्याक कलर अप्सनमा समेत उपलब्ध छ । इन्टेरियरमा युनिक ब्ल्याक र ब्लू कलर स्किम पनि उपलब्ध छ । गाडीको एक्सटेरियरमा रियर ब्याज अर्थात् पछिल्लो भागमा पहिले ‘बिल्ड योर ड्रिम’ ब्याज रहेकामा अब भने स्लिक खालको ‘बीवाईडी’ मात्र राखिएको छ ।

डी–पिलर पहिले ड्रागन स्केल जस्तै प्याटर्नसहित सिल्भर कलरमा रहेकामा अब भने स्टाइलिस ब्ल्याक कलरमा राखिएको बताइएको छ ।

बीवाईडी एट्टो ३ को इन्फोटेनमेन्ट सिस्टम पहिले १२.८ इन्च रहेकोमा अहिले १५.६ इन्चको उपलब्ध भएको छ ।

सुपेरियर ग्रिप र सबै टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्न गाडीको दुवै भेरिएन्टमा हाई–पर्फमेन्स कन्टिनेन्टल टायर रहेको बीवाईडीले जनाएको छ ।

नयाँ संस्करणको गाडी बीवाईडी एपसँग जोडिएको छ । यसबाट गाडीको रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न र गाडीका ढोका तथा झ्याल बन्द भएको वा नभएको थाहा पाउन सकिन्छ ।

टाढैबाट गाडीको अवस्थिति पत्ता लगाउन, एसी सञ्चालन गर्न र गाडीको हर्न तथा लाइट नियन्त्रण गर्नसमेत सकिने जनाइएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

ट्रेड टावर लिमिटेडको IPO बाँडफाँड भोलि

ट्रेड टावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ भोलि आइतबार...

रियल मी १४ सिरिजको मोबाइल सार्वजनिक, यस्ता छन् विशेषता

 रियल मी ले आफ्नो अत्याधुनिक रियल मी १४ सिरिजको...

पूँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्छ: गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले पूँजीको पहुँच...

रेलेखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको छ मेगावाट क्षमताको...

ललितपुरको भैसेपाटीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन

नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले ललितपुरमा...

बजेटमा आएको ‘टेक एण्ड पे’ को व्यवस्था सच्चिन्छ, पत्र गईसक्यो : उर्जामन्त्री खड्का

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले वजेटमा उल्लेख भएको...
spot_img