भदौ ११ देखि सुरु हुने ‘नाडा अटो शो २०२४’ मा लक्ष्मी ई मोबिलिटीले ‘केई’ का ३ वटा नयाँ मोडेल सार्वजनिक गर्ने भएको छ । नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोमा ३ मोडलका गाडीहरु सार्वजनिक गर्ने भएको हो ।
नाडामा सार्वजनिक हुने तीन मोडेलको सही नाम बताउने व्यक्तिलाई पुरस्कार दिने घोषणा कम्पनीले गरेको छ । यसका लागि कम्पनीले केई नेपालको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमार्फत क्याम्पेन सुरु गरेको छ ।
सहभागी मध्यबाट सबै तीन मोडेलका गाडीको सही पहिचान गरी उत्तर दिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्राण्ड बोसको मिक्सर ग्राइन्डर प्राप्त गर्नेछन् । यो क्याम्पेन ४ भदौदेखि सुरु भएर १० भदौमा सकिने छ ।
नाडा अटो शोको स्टल नम्बर एच–१६ मा केई ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिने छ ।