Friday, April 24, 2026
spot_img
spot_img

दुइ पाङ्ग्रेका ग्राहक खाडीमा पुगेका छन्ः नाडा अध्यक्ष चौधरी

spot_img
spot_img

नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालका अध्यक्ष करण चौधरीले अहिले अटोमोबाइल्स क्षेत्र निकै समस्यामा रहेको जनाएका छन् । बजारमा दुइ पाङ्ग्रे सवारीको बिक्रीको दरलाई हेर्ने हो भने युवा पलायनको ठूलो असर अटोमोबाइल्स क्षेत्र र त्यसमा पनि दुइ पाङ्ग्रेको व्यवसायमा परिरहेको उनको भनाइ छ ।

‘दुइ पाङ्ग्रे सवारी साधनको बिक्री अत्यन्त कमजोर छ, युवा जनशक्ति पलायनको ठूलो असर दुइ पाङ्ग्रे सवारीको व्यवसायमा परेको छ’ अध्यक्ष चौधरीले भने, ‘दुइ पाङ्ग्रेका ग्राहक खाडी मुलुकमा पुगेका छन्, यसको असर अर्बौ लगानी गरेर करोडौँ राजस्व तिर्ने व्यवसायीहरुलाई परेको छ ।’

उनले अटोमोबाइल्स क्षेत्र सानो क्षेत्र नभई राज्यलाई सबैभन्दा बढी कर तथा राजस्व तिर्ने क्षेत्र भएकाले यो क्षेत्रलाई अनुकुल हुने गरि नीतिहरु आउनुपर्ने पनि बताएका छन् । अहिले जनताले गाडी तथा मोटरसाइकललाई अति आवश्यक साधनका रुपमा लिने गरेको भएपनि सरकार र सम्बन्धित निकायहरुले भने अटोमोबाइल्सलाई जहिल्यै लक्जरी साधनका रुपमा ब्याख्या गरिरहेकोमा अध्यक्ष चौधरीले दुःखेसो पनि जनाएका छन् ।

‘आजभन्दा दुइ दशक अगाडी अटोमोबाइल्स लक्जरीयस् थियो होला, तर आज यो आवश्यकताको साधन हो’ उनले भने ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img