Friday, April 24, 2026
spot_img
spot_img

एमजीका इलेक्ट्रिक गाडी किन्दा इन्भेष्टमेन्ट मेगा बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

spot_img
spot_img

एमजीका इलेक्ट्रिक गाडी खरिद गर्दा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ गर्ने भएको छ । नेपालका लागि एमजी मोटर्सको अधिकृत बिक्रेता पारामाउन्ट मोटर्स र इन्भेष्टमेण्ट मेगा बैंकबीच फाइनान्सिङ सम्बन्धि समझदारी भएसँगै एमजीका गाडी किन्दा इन्भेष्टमेण्ट मेगा बैंकबाट ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा प्राप्त हुने भएको हो ।

बैंक र पारामाउण्ट मोटर्सबीच भएको साझेदारीपश्चात एमजीका जेडएस ईभी, एमजी ४ ईभी र एमजी कमेट ईभी खरिद गर्ने ग्राहकले ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा पाउने छन् । यो सुविधा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सबै शाखाबाट उपलब्ध हुनेछ ।

बैंकले प्रतिस्पर्धी ब्याज दरमा उपलब्ध गराउने भनेको यो सुविधा आधार दरमा १ प्रतिशत प्रिमियम प्रतिवर्ष जोडिएको हुनेछ । ग्राहकले कागजात पेश गरेर प्रक्रिया सुरु गरेको ३ कार्य दिनभित्र कर्जा स्वीकृत गरिने बताइएको छ ।

पारामाउण्ट मोटर्सले यस समझदारीलाई पर्यावरणमैत्री गाडीहरूको लागि सरल वित्तीय योजना भनेको छ । “एनआईएमबी बैंकसँगको साझेदारीले हाम्रा ग्राहकहरूका लागी एमजी इलेक्ट्रिक गाडीहरूलाई अझ पहुँच योग्य बनाउन महत्वपूर्ण कदम हो,” पारामाउण्ट मोटर्सका प्रवक्ताले भनेका छन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img