सार्वजनिक सवारी साधनमा जीपीएस सिस्टम र लगेज ट्याग अनिवार्य गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा सार्वजनिक सवारी साधनमा जीपीएस, ड्यास बोर्ड क्यामेरा र लगेज ट्याग अनिवार्य गरिएको हो ।
महासंघले आफ्ना सदस्य संघ, समिति र कम्पनी समेतलाई विपदबाट जोगिन ध्यान दिनुपर्ने नियमहरु सार्वजनिक गर्दै सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न, सवारी साधनको अवस्था चुस्त दुरुस्त राख्न, मनसुनको अवस्थाबारे प्रहरी र सञ्चार माध्यमबाट जानकारी लिन र सुरक्षित स्थानमा मात्र सवारी पार्किङ एवम् विश्राम गर्न सूचित गरेको छ ।












