Wednesday, June 18, 2025
spot_img

दिपलको पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता बन्यो हिमालय मोटरक्स

spot_img
spot_img

नेपाली बजारमा लोकप्रिय बनेको चिनियाँ विद्युतीय गाडी दिपलको लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्लु बृद्घि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गानाईजेशन अन्र्तगतको हिमालय मोटरक्स प्रा.लि.लाई नियुक्त गरेको छ ।

पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटरक्स प्रा.लि.को शोरुममा गई दिपल गाडि बुकिङ्ग गर्न सकिने छ । नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल यो गाडि पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ । टेस्ट ड्राईभको लागि एक साता भित्र गाडि पोखरामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

दिपलको एस ०७ र एल ०७ लगायत अन्य मोडेलहरु उपलब्ध हुने बताईएको छ । गाडि बुकिङ्ग गर्ने ग्राहकहरुलाई एक साताभित्रै गाडी उपलब्ध गराईने कुरा कम्पनीले जानकारी गराएको छ । दिपलको एस ०७ इ एसयूभी इन्टेलीजेन्ट र लक्जरियस रहेको कम्पनीको दाबी छ । नेपालमा यो गाडीको मुल्य ७४ लाख ९९ हजार रुपैँया तोकिएको छ । सिंगल चार्जमा ४१० देखी ४८५ कि.मी रेन्ज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । एल ०७ को मुल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

हिमालय अर्गनाईजेशन अन्र्तगतको आयम इन्टरकन्टिनेनटल प्रा.लि.फोर्स मोटर्सका गाडिको लागि नेपालको आधिकारिक बिक्रेता हो । विगत ३ दशकभन्दा बढी समयदेखी यस अर्गनाईजेशन अटोमोवाइल्स ब्यवसायमा सक्रिय रहदैँ आएको छ । यो समूहका अध्यक्ष ध्रुव थापा छन् । उनी नाडाको निर्वतमान अध्यक्ष पनि हुन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

भारत आउने भयो एलन मस्कको स्टारलिंक इन्टरनेट, केन्द्र सरकारले दियो अनुमति

भारत सरकारले एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सको स्टारलिंकलाई भारतमा...

एलएस अटोका दुइ मोडल नाइमा एक्स्पोमा आउने

एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रा.लि.ले...

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...
spot_img