बाइक र स्कुटर साटेर टियागो EV चढ्ने मौका

spot_img
spot_img

नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै नेपालको टाटा मोर्टसका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिंगले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । ‘स्विच टु टियागो इभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पूरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी घर लैजान सक्नेछन् ।

यो विशेष क्याम्पेन अप्रिल १७, १८, १९ र २० मा देशभर सञ्चालन हुनेछ । अभियान अन्तर्गत जुनसुकै ब्रान्डको बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारीको एक्सचेन्ज गरी आकर्षक सुविधासहित टियागो इभी खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यस अफरमा ग्राहकहरूले केवल ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो इभी आफ्नो बनाउन सक्नेछन् । योजना अन्तर्गत पुराना दुईपाङ्ग्रे सवारीको उत्कृष्ट मूल्याङ्कन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज, र एक वर्षको सवारी कर छुट जस्ता विशेष सुविधा उपलब्ध हुनेछन् । त्यसैगरी ग्राहकहरूले सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, साथै निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा समेत रहेको छ। साथै एकजना भाग्यशाली ग्राहकले लक्कि ड्र मार्फत आइफोन ( १७ प्रो म्यास जित्ने सक्ने मौका पनि रहेको कम्पनीले जनाएको छ।

सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना प्रभावकारी हुने विश्वास कम्पनीको छ । इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मोर्टसका आधिकारिक शोरुमहरूमा पुगेर अप्रिल १७, १८, १९ र २० २०२६ का दिन उक्त अफरको लाभ लिन सक्नेछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक...

ठमेल पर्यटन परिषदद्वारा प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख...

लक्ष्मी पूजाको दिन कति छ सुनचाँदीको भाउ ?

आज आइतबार लक्ष्मी पूजाको दिन सुनको भाउ स्थिर छ...

आज कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार...

आज साँझ लक्ष्मी पूजा गरिँदै

यसवर्ष तिहारको दोस्रो दिन आज साँझ लक्ष्मी पूजा परेको...